Dabali News

इतिहासको शिक्षा र प्रचण्ड-ओलीको प्रोपोगन्डा

विषय प्रबेस

कम्युनिस्ट घोषणापत्रको शुरुको भुमिकामै मार्क्स ऐँगेल्सले कम्युनिज्मको बिचार अर्थात मार्क्सवादी दर्शनबाट आतंकित तत्कालीन युरोपेली शासकहरुको मनोदशालाइ चित्रण गर्दै लेख्नु भएको थियो-युरोप एउटा भुतद्वारा आतंकित भइरहेको छ। त्यो हो कम्युनिज्मको भुत।पोप र जार ,मेटर्निक र ग्युजट,फ्रान्सेली क्रान्तिकारी र जर्मन प्रहरी जासुसहरु। पुरानो युरोपका यि सबै शक्तिहरु यस भुतलाइ भगाउन साँठगाँठमा लागेका छन्।

नेपालमा अहिले त्यस्तै परिस्थिति निर्माण भएको छ र नेपाललाइ एउटा भुतले आतंकित पारिरहेको छ त्यो भुत कमरेड विप्लव र उनको नेतृत्वमा रहेको हाम्रो पार्टी  नेपाल कम्युनिस्ट पार्टीको भुत हो। नेपालका दलाल पुँजिपती बर्गदेखि तिनका राजनैतिक नोकर चाकरहरु ,भ्रष्ट कर्मचारी ,सिन्डिकेटधारी ठेकेदारहरु ,राजनैतिक नेतृत्वको रुपमा रहेको बिदेशी दलालहरु अझै भन्दा कम्युनिस्ट पार्टीको खोल ओढेका रास्ट्र्घाती सामाजिक दलालहरु मार्क्सले भन्नु भएझैं विप्लव र उनले नेतृत्व गरेको हाम्रो पार्टी  नेकपाको भुतद्वारा आतंकित छन।यसलाइ समाप्त पार्ने दिवासपना बोकेर नेकपाको बदनाम गर्न र दमन गर्न रार्ष्ट्रिय अन्तरास्ट्रिय प्रतिक्रियावादीहरुसङ्ग साँठगाँठ गरिरहेका छन।

यहाँ उल्लेखनीय कुरा के छ भने तत्कालिन युरोपमा पोप र जारहरु आफ्नै बर्ग भित्रका सगोत्री दलहरुलाइ समेत कम्युनिस्ट भनेर बदनाम गर्न कम्मर कसेर लागेका थपरिस्थिति अलग छ।बुर्जुवाहरु अधिनायकवादको हल्ला गर्दै सत्ताधारी सामजिक दलाल पुँजिपती बर्गमा पत्तन भएको ओलि प्रचण्ड नेतृत्वको कथित बदनाम गरिरहेका छन जस्तो लाग्छ।त्यो असलिएतमा उनिहरुको बदनाम गरेका होइनन। खास कम्युनिस्ट आन्दोलनको बदनाम हो र दुस्प्रचार हो। ओलि प्रचण्ड र शेरबहादुर देउवा बिचको भिन्नता पृतिकृयाबादी सत्ताधारीबर्ग बीचको आपसी खिचातानी भन्दा केहि होइन।सारमा सत्तारुढ बर्ग कम्युनिस्ट आन्दोलनलाइ समाप्त पार्ने दुइ हतियार प्रयोग गरिरहेका छन।त्यो के हो भने कम्युनिस्ट खोल ओढेका आफ्नै बर्गलाइ  सत्ताको( खासमा सरकारको)नेतृत्वमा राखेर श्रमजीवी बर्ग र समाजबाद बिरोधि कार्यक्रमको अगुवाइ गर्न लगाएर।दोश्रो खास कम्युनिस्ट आन्दोलनलाइ बलप्रयोग गरेर ।र त्यसका विरुद्ध दुस्प्रचार र प्रतिबन्ध लगाएर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन समाप्त गर्न कमर कसेर लागेका छन नेपालका दलाल पुँजिपती बर्ग ।

खुशिको कुरा के छ भने मार्क्स ऐँगेल्सले कम्युनिस्ट घोषणा पत्रमा  कम्युनिज्म एउटा शक्ति हो भन्नेकुरालाइ सबै युरोपेली शक्तिहरुले मानेका छन भनेझैं नेपालका दलालहरु र तिनका सबै मालिकहरुले महासचिव कमरेड विप्लव र नेकपा एउटा जबर्जस्त शक्ति हो भन्नेकुरा स्विकारेका छन्। फागुन २८गते नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाउने ओलि प्रचण्ड कम्पनिको सामजिक फाँसिबादी हर्कतले त्यसलाइ प्रष्ट पारेको छ। हामी कम्युनिस्ट क्रान्तिकारीहरुले इतिहाससङ्ग यसको के कस्तो साइनो छ ? अध्यन गर्नुपर्ने छ।इतिहासको बैज्ञानिक शिक्षाहरु हाम्रा निम्ती पथप्रदर्शन हुन।त्यसैले यसको केहि उदाहरण हेरौं ।

इतिहासको शिक्षा

नेपालको इतिहासमा दिल्ली सम्झौताको विरुद्ध रहेका डा के आइ सिंहले बिद्रोह गरेपछी नेपाल कम्युनिस्ट पार्टी माथि २००८मा प्रतिबन्ध लगाएको थियो।आखिर त्यो कुनै कम्युनिस्टहरुको बिद्रोह थिएन।सत्तारुढ बर्गभित्रैको असन्तुष्टि थियो।त्यो समयको क्रान्तिकारी शक्ती नै नेपाल कम्युनिस्ट पार्टी भएकोले उसका विरुद्ध प्रतिबन्धको लागी  प्रतिक्रियावादी मातृका सरकारले उपयुक्त अबसर ठाने।राणा शासनको अध्यारो युगलाइ मात्र होइन समग्र सामन्तबादको अन्त्य गरेर जनबाद हुँदै समाजबादसम्म पुग्ने उसको घोषित निति थियो।

त्यस्तै नेपालमा पन्चायती ब्यबस्थाको प्रादुर्भावसङ्गै २०१७मा नेपालमा दलहरु माथि प्रतिबन्ध लगाएर राजाले निरंकुश्ता लादे।त्यही निरंकुशताको विरुद्ध लडेको र समग्र सामन्तबाद अन्त्यको लागी आन्दोलनको अगुवाइ गरेको शक्ति आफ्नो बर्ग उत्थान पछि एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगाउन पुगेको छ ।सायद यसैलाई कार्लमार्क्सले हेगललाइ उद्द्र्त गर्दै लेख्नु भएको होला कि इतिहास दुइचोटि दोहोरिन्छ(पहिलो चोटि वियोगान्त रूपमा र दोश्रो चोटि मजाक रूपमा।ओलि प्रचण्ड मजाक गर्दैछ कि आफ्नै इतिहास र गाथामाथी उनिहरु सगर्ब धावा बोल्दै छ।यो कस्तो बिडम्बना ?

बिश्व इतिहासमा कम्युनिस्ट पार्टीको आबरणमा सत्तामा पुगेको गद्दारहरुले कम्युनिस्ट क्रान्तिकारिहरु विरुद्ध गरेको फाँसिबादको हर्कत हेर्न टाढा जानु पर्दैन।अऊ भनिने पश्चिम बङ्गाल कथित कम्युनिस्ट सरकारले नक्साल आन्दोलनका क्रान्तिकारी नेता कमरेड चारु मजुमादरको निर्ममता पुर्बक हत्या गरेको हाम्रै छिमेकको इतिहास हो।त्यसै गरि१९१९ मा जर्मनीको त्यति वेला जर्मन सामजिक जनबादी पार्टी एक सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले जर्मन कम्युनिस्ट पार्टी (क्रान्तिकारी कम्युनिष्ट पार्टी) माथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग लगायतको कत्लेआम गरेको थियो ।

सामाजिक दलाल पुँजीवादी सत्ताको नेतृत्व गरिरहेको डबल नेकपा सरकारले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी माथी त्यस्तै हर्कतको प्रयत्न गरेको छ।तर २१औं शताब्दीको महान नेपाली जनता यहाँको देशभक्त शक्ती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमाथी बिश्वास आदिका कारण नेपालमा यो हर्कत सम्भब छैन।महासचिव कमरेड बिप्लबले भन्नु भएझैं यो पानीको फोका झैँ फुट्ने निश्चित छ।

प्रचण्ड ओलिको प्रोपोगन्डा

प्रतिबन्ध घोषणापछि जेजस्ता प्रोपोगन्डा हाम्रो पार्टी र नेतृत्व माथी लगाउन ओलि प्रचण्ड लागे ।त्यसमा गम्भीर आपत्तिको कुरा के छ भने हाम्रो पार्टी एक अपराधीक जत्था झैँ ब्यक्तिहत्याको योजनामा छ भन्ने हो।र हामीलाइ अपराधीकरण गर्न राज्यको श्रोत साधन दुरुपयोग गर्नु हो।हामी कहिल्यै र कोहि पनि ब्यक्ति हत्याको पक्षमा छैनौं  र हाम्रो कार्यदिशाले ब्यक्ती हत्यालाइ अस्विकार गर्छ।ओलि र प्रचण्डको अभिव्यक्ति आफ्नै इतिहासबाट आतंकित र हामी माथी गम्भीर षड्यन्त्रको उपज हो।ब्यक्ती हत्याको राजनिती त ओलिले नै शुरु गरेका हुन।  प्रचण्डले बर्तमान काङ्ग्रेस सभापति शेर बहादुर देउवालाइ समेत एम्बुस हमला गर्न लगाएको इतिहास नेपालीले यति छिटै भुलेका छैनन । स्मरण रहोस् प्रचण्डले अहिलेसम्म गल्ती स्विकारेका छैनन् ।

प्रचण्डले पेरिस डाँडामा शहिद परिबारहरुको भेलामा बिप्लबले आफुलाइ मार्न मान्छे खटाएको पागलपुर्ण बकबास गरेका छन।शहिद घाइते अपाङ्गहरुको सेन्टिमेन्ट लिन र आफ्नो गद्दारीलाइ ढाकछोप गर्न उनि यो अलाप गरिरहेका छन ।प्रचण्डको अलिकती मात्रै पनि इतिहास खोतल्ने हो भने आफ्नै पार्टी पङ्तिभित्र उनले गरेका त्यस्ता अपराध कर्म सामन्य छन ररुआफुसङग असहमत हुने बादललाइ मार्न योग्य आरोप लगाउने उनै प्रचण्ड होइननरुके प्रचण्डले भनेझैं बादल माओको हत्या गरेर नेतृत्व कब्जा गर्ने षड्यन्त्रमा तल्लिन लीन प्याओ नै थिए तरुकिरणलाइ अष्ब र बाबुरामलाइ भारतको एजेन्ट भनेर पार्टी भित्रैको आफ्नो सहयोद्दाहरुको कत्लेआम गरेर प्रचण्डको उदय भएको हो।अझ बाबुरामले ज्ञानेन्द्र शाहसङ्ग सत्तासाझेदारी गर्ने प्रचण्डको प्रस्ताव विरुद्ध उभिएपछी उनको हत्या गर्न गरिएको प्रयत्न विभिन्न शक्तिकेन्द्रको दबाबबाट पछि हटेर अन्ततः बाबुरामकै लाइनमा समाहित भएको तथ्य सायद बाबुरामलाइ बढी नै थाह हुनुपर्ने हो।र प्रचण्डको यो बकबक सुनेर बाबुराम एक्लै हाँस्दो हो।

ओलि प्रचण्ड यि सब कर्तुत किन गरिरहन्छन भने उनिहरु एक अपराध छोप्न हजारौं अपराध गर्छन भने झैँ आफ्नो सत्ताभित्र पैदा भएको संकट मोचनको निम्ति आफ्ना युद्ध पिपासु मालिकहरुको आदेशमा देशलाइ युद्धमा धकेल्न चाहन्छन।दुइतिहाइ बहुमत सहित सत्तामा उक्लेपछी आफ्ना मालिकलाई खुशी पार्न उनिहरुले गरेका राश्ट्रघात ,भ्रस्टाचार र जनबिरोधी हर्कतबाट नाङ्गिए पछि आफ्ना यि अपराध ढाकछोप गर्न ओलि दाहाल कम्पनीले जनतामाथि युद्द थोपरेका छन।तर हामी क्रान्तिको ऐतिहासिक आबश्यक्तालाइ सम्बोधन गर्न गइरहेका छौँ ।र जिम्मेवारी बोधका साथ अघि बढिरहेका छौँ ।

अर्को महत्त्वपूर्ण पक्ष चाहीँ प्रचण्डले हाम्रो पार्टी र नेतृत्वमाथी आफ्नो नक्कल गर्न खोजेको र प्रचण्ड बन्न खोजेको आरोप लगाएका छन।यसले चाहीँ गम्भिर बैचारिक बहसको माग गर्छ।निसङ्कोच भन्नुपर्छ र इतिहासको न्यायोचित बहस गर्नु पर्छ कि प्रचण्डले जतिबेला नेपालमा जनयुद्ध प्रारम्भ गरे।त्यतिबेलाको बिश्व राजनीति, कम्युनिस्ट आन्दोलन र नेपाली समाजको वर्गसंघर्षको स्थिति निकै प्रतिकुल थियो।सोभियत संघको बिघटन पुर्बी युरोपमा पुजीवादको पुनर्स्थापना शित युद्धको अन्त्य र त्यसैलाइ आधार बनाएर साम्राज्यवादले घोषणा गरेको इतिहासको अन्त्य र पुँजीवादको दिग्बिजय घोषणा गरेको समय नेपाल जस्तो सानो भुपरिबेश्टित मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा शसस्त्र संघर्सको उठान गर्ने प्रश्न सामन्य हुँदै होइन।यो समयमा प्रचण्डले एक अद्दितिय महान पहलकदमी लिएको कुरा बिर्सिँदा आजको इतिहास अपुरो हुन्छ नै।अर्धसामन्ती र अर्धऔपनिबेशिक नेपाली समाजमा दीर्घकालीन जनयुद्धको अगुवाइ गरेका हुन प्रचण्डले ।प्रचण्ड यो युगको नायक हुन।तर नेपालमा सामन्तबादको अन्त्य भएर जब नेपाली समाज नयाँ युगमा प्रबेश गर्यो।नेपाली समाजको चरीत्रमा बदलाब आयो।त्यसले नयाँ बर्ग र नयाँ बर्ग अंतर्विरोध पैदा गर्यो।भुमन्डलिकृत पुँजीवादको आँधिहुरी सामु प्रचण्ड प्रचण्ड बनिरहन नसकेको यथार्थ हो ।हामी ले के देख्यौं भने प्रचण्ड यहीँ नेर चिप्लिए र पुष्पकमल दाहालमा परिणत भए।

आजको युग प्रचन्डको युग हुँदै होइन।नेपाल आफैं एक पुँजीवादी समाज हो।तर यहाँको पुँजिबादको चरित्र दलाल हो ।यहाँ कसैले चाहेर पनि न प्रचण्डको नक्क्ल हुन सक्छ न दीर्घकालीन जनयुद्ध ।हामीले प्रश्ट भनेका छौँ कि हाम्रो कार्यदिशा दीर्घकालीन जनयुद्ध होइन।हामीलाइ यो शिक्षा पनि थाहा छ कि कुनैपनि क्रान्ति कोहि बेला र कुनै देशको नक्कल गरेर हुँदैन ।पेरिस कम्युन देखि अक्टोबर क्रान्ति चिनियाँ जनबादी क्रान्ति ,भियतनाम कोरियाली र क्युबाली क्रान्ती आफ्नै विशेषतामा आफ्नै युगको परिभाषामा र बस्तुगत परिस्थितिको ठोस बिश्लेशन गरेर सम्पन्न भएको हो।एकले अर्को देशको नक्क्ल गरेर काहीं क्रान्ति सम्पन्न भएको छैन।नक्क्ल गर्नेहरु गोलचक्कर फसेका छन कि त समाप्त भएका छ्न।

हामिलाइ अर्ति उपदेश दिने पुष्पकमल दाहाल र उनका अनन्य सहयोद्दाहरुलाइ हामी के भन्न चाहन्छौं भने हामी कमरेड बिप्लबलाइ प्रचण्ड बन्न दिदैनौ।प्रचण्ड जस्तै बनाउने हो भने फेरी अर्को प्रतिक्रान्ती देशले थेग्न सक्दैन ।महामहिमहरुले भनेझैं देशले थेग्न नसक्ने क्रान्ति होइन प्रतिक्रान्ती हो।प्रतिक्रान्तिको कारण नै देशले आजको हबिगत बेहोर्नु परेको हो। हामीले अघि सारेको कार्यदिशा एकीकृत जनक्रान्ती हो।यो पुँजीवादी देशमा गरिने रुसि मोडेलको आम शसस्त्र बिद्रोह र अर्धसामन्ती र अर्धऔपनिबेशिक मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशाको हुबहु नक्क्ल होइन।बरु यो दुबै कार्यदिशाको सार्बभौम सच्चाइहरुलाइ आत्मसात गरेर बदलिएको समाजको उत्पादन प्रणाली र अर्थराजनैतिक चरीत्र ,नेपालको आफ्नै सामाजिक बनौट ,उदाउँदो मध्यम बर्ग (आधुनिक श्रमिक बर्ग) देशभक्त शक्तिको उपस्तिथि ,जातीय क्षेत्रीय बिभेद भुमन्डलिकृत पुँजिबादले बिकाश गरेको आर्थिक राजनैतिक र सैनिक रणनीतिको समग्र अबधारणाको अध्यन र निस्कर्शको आधरमा यो कार्यदिशा अघि सारिएको हो।पछिल्लो समय मानब जातिले आर्जन गरेको ज्ञान बिज्ञान र प्रबिधिको सस्लेशन  यो कार्यदिशाको मौलिकता हो। आर्थिक महाशक्तिको दौडमा रहेको दुइ छिमेकि बीच  भुपरिबेस्ठित  र यसियाकै दोश्रो दरिद्र मुलुकको रुपमा हाम्रो अबस्थिती हाम्रो आफ्नो अर्को बाध्यता हो।

जनयुद्ध र दोश्रो जनआन्दोलनपछि मुलभुत रुपमै नेपाली समाजको उत्पादन प्रणाली र अर्थराजनितिक चरीत्र पुँजीवादी भइसक्यो।त्यसैले अब कम्युनिस्ट क्रान्तिकारिहरुको कार्यभार समाजबादी क्रान्ती हो।जहाँ सम्म रास्टिय पुँजिको बिकास नभइ समाजबादी क्रान्ती सम्भब छैन भन्ने तर्क छ।यो बासी तर्क ल्युसाओची र सम्सोधनबादी गद्दारहरुको तर्क हो। जहाँ सम्म अहिलेको संसद भित्रैबाट समाजबादमा पुग्न सकिने कुतर्क गरेर प्रचण्ड गिरोहले भ्रम सृजना गर्ने प्रयत्न गरिरहेका छन।आफ्नै इतिहास तिर फर्केर हेरे आफ्नो अनुहार छर्लङ्ग हुन्छ।संसदमा भाग लिने नेकपा एमालेलाइ नबप्रतिक्रियावादमा एमाले गुटको पत्तन भन्दै लामो आलेख लेख्ने प्रचण्डको अनुहार चिहाए पुग्छ।एमालेको कार्यकर्ता भएकै कारण प्रतिक्रियावादी बिल्ला भिराएर रेटिएका घाँटीहरु सम्झिए हुन्छ।र आफु कुन बाट हिडिरहेको छ थाहा भइहाल्छ।अरु बकबक किन ? के दलाल पुँजीवादको डुङ्गा चढेर समाजबदको गन्तव्यमा पुगेको इतिहास छरुसमाजबाद पुँजिबादले दया र कृपाबाट प्राप्त हुन्छ ? अहिलेको संसदिय अर्थराजनैतिक  ब्यबस्था भित्रैबाट समाजबादमा पुग्ने ओलि प्रचण्डको कथनलाइ राजनितिक अर्थशास्त्री हरि रोक्काले निकै सटिक टिप्पणी गर्नुभएको छ ” ल्हासा जाने कुतिको बाटो ” भनेझैं नउदारबादी बजारलाइ अर्थतन्त्र सुम्पेर समाजबादमा पुग्न सम्भब छैन (नेपाली सन्दर्भमा मार्क्सबादमा आधारित समाजबादwww.shilapatra.com )

डा. रामशरण महतले अघि सारेको नबउदारबादी बजार अर्थतन्त्र सरकारभन्दा बजारलाई, सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभ र सामूहिक क्रियाकलापभन्दा निजी व्यवसाय उद्यम लाई प्राथमिकता दिने आर्थिक प्रणाली भन्ने बुझिन्छ। ड्यानी रोड्रीक २३मङ्सिर २०७४अन्नपूर्ण पोस्ट दैनिकको बाटो हिंडेर समाजबादमा पुग्ने गफ हाकेर यहाँको श्रमिक बर्ग माथी गम्भीर बिश्वासघात गर्ने महासयहरुले बुर्जुवाहरु भन्दा दश हात उफ्रेर अहिले को प्रतिक्रियावादी ब्यबस्थाको रक्षाकबज बनेर आएको छ।परम्परागत  सम्सदिय ब्यबस्थाको प्रगतिशीलता माथी बखान गरेर यसको महिमा गान गाएर नथाक्ने ओलि प्रचण्ड गद्दार गुटलाइ लेनिनको यो भनाइबाट जबाफ दिँदा उपयुक्त होला।लेनिनले भन्नु भएको छू मात्र संबैधानिक राजतन्त्रहरुमा मात्र होइन,अपितु सबभन्दा प्रजातान्त्रिक नेपालमा हाल प्रचलित शब्द लोकतान्त्रिक गणतन्त्रहरुमा समेत सत्तारुढबर्गको कुन चाहीँ सदस्यले सम्सदमा गएर जनताको दमन र उत्पिडन गर्ने हो भन्ने प्रश्नमा केही बर्षमा एक पल्ट निर्णय लिनु नै पुँजिजिबी सम्सदिय ब्यबस्थाको सार हो(लेनिन राज्य र क्रान्ति )

त्यसैले हाम्रो प्रष्ट उद्देश्य अहिलेको संसदिय ब्यबस्थाको उन्मुलन हो। त्यसका विरुद्ध हामीले गरिने प्रतिरोध र त्यसक्रममा राज्यले हामी माथी गरिने सबै प्रकारको फासिबादी दमन र हर्कतको प्रतिरोध गर्नु हाम्रो पार्टी जनमुक्ति सेना र जनसत्ताको ऐतिहासिक कार्यभार  बन्न पुगेको छ।हामी माथी लागेको प्रतिबन्ध  र ओलि प्रचण्डले थोपरेको एक पक्षीय युद्धको प्रतिबाद गर्नु बाहेक हामीसङ्ग अर्को बिकल्प छैन।केहि स्वनाम धन्य बुद्धिजीवीहरु र हाम्रा मित्र शक्तिहरुले बार्ताको माध्यमबाट निकास निकाल्न अनुरोध गर्नु भएको छ र फासिबादी दमनको बिरोध गर्नु भएको छ।हामी उहाँहरु सबैलाइ धन्यवाद दिन चाहन्छौं ।तर सामाजिक क्रान्तिको बाटो पबित्र चाहनामा आधारित नहुने भएकोले अहिलेको शक्ती सन्तुलन ,यहाँको भुराजनिती र वर्गसंघर्षको स्थिति आदिका कारण बार्ताबाट सहि ठाउँमा पुग्न नसकिने यथार्थता हाम्रो सामु छर्लङ्ग छ।पुँजीवादको कारण सर्बनास हुन गइरहेको नेपाली समाजलाइ समाजबादको राजमार्गमा हिंडाउने कार्यभार पुरा गर्न हामी सबै लामबद्द हुनुको विकल्प छैन।आउनुस१पुँजीवादको विरुद्ध मोर्चा कसौं समाजबादको बिजय अबस्यम्भाबी छ।

  • लेखक नेकपा रसुवा जिल्ला इन्चार्ज हुन् । 

 

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]