Dabali News

कविताः लालवीर्या !

मार्सी धानको चामल
कागुनो,चिनो र फापर
तल्लो जिउलामा -फलेको सिमी
माथि लेकको यार्सा
चङ्खेलीको चिसो बतास
कर्णालीको पानी
सिंजा छोडेर बाहिरीएका छन्
सभ्यताका एक थात वस्ती
र,आमाबालाई होटालामा छाडेर
एकथान सपना बोकेर
शहर पसेकोछ -लालवीर्या ।

जब लालवीर्या शहर पस्यो
झुल्न छाडे धानका बाला
फल्न छाडे गहुँ ,आलु र चोती
फूल्न छाडे पाखाभरि -लालिगुँरास
गाइन छाडे गाउँभरि देउडा
नाच्न छाडे हुड्के,सोरठीहरु
बज्न छाडे दमाउ !

अचेल
खाडिमा पसिना बगाउन हुर्कन्छन्-जवानहरु
नोकर बनाउन पढाइन्छ -शिक्षा
कर उठाउनकै लागि बनाइन्छ -नागरिकता

हो आज,
सम्पूर्णता बाहिरिएको छ
सभ्यता ,संस्कृति र परम्परा
आधुनिकता सँगै भित्रिएको छ
पश्चिमा संस्कृति
कहीं कतै पाइँदैन
आफ्नो चालचपन ।

गाउँ ठाउँकै कुराहरु
शहरबाट गाउँ आउँदा
फेरिएका छन् यसरी –
यार्सा,पाँचऔले, कटुकी-ओखती बनेर
मार्सी,कालोचामल-भित्ता सजाउने विज्ञापन भएर
चङ्खेलीको बतास-धुवाँ भएर
फर्किन्छ लालवीर्या-पोशाक फेरेर ।

ए सहर !
तँ किन यस्तो निस्ठूरी!
जसले गाउँलाई उल्टोपाल्टो -बनाईदिन्छस् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]