Dabali News

चोरी डकैतीका त्रासले माटोमुनि गाडिएको पुरानो सिक्का सडक खन्ने क्रममा भेटियो

८ चैत

काठमाडौं । बर्दियामा सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ ।

बारबर्दिया नगरपालिका-६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको हो ।

प्रहरीका अनुसार माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको ५ थान चाँदीका सिक्का र ७ केजी २ सय ग्राम तामाको सिक्का फेला परेको छ ।

सडकलाई स्काभेटरबाट खन्दा करीब ३ फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । १३ औं देखि १७ औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुन सक्ने प्रहरीले जनाएको छ ।

नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ ।

चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]