Dabali News

भारत भ्रमण ओलीको जोखिम र अवसर

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री केपी ओली आगामी शुक्रबारदेखि भारतको तीनदिने भ्रमणमा निस्किने भएका छन् । यो भ्रमणमा कुनै सम्झौताहरु नहुने र पुरानो सम्झौतामा मात्र कार्यान्यनमा कुराकानी गर्ने, भारतसँग सम्बन्धको सुधारको लागी मात्र भारत भ्रमण हुन लागेको भनी प्रधानमन्त्री स्वयम्ले प्रष्ट गर्ने प्रयास गरिरहेका छन् । दोस्रोचोटी प्रधानमन्त्री भएपछि ओली पहिलोचोटी विदेश भ्रमणमा भारतबाट भ्रमण सुरु गर्न लागेका हुन् । पहिलोचोटी प्रधानमन्त्री ओलीको भारत भ्रमणको समयमा असहज परिस्थिति थियो । भारतले नाकाबन्दी लगाएर नेपाली जनजीवनमा सन्त्रास, संकटको वातावरण थियो । त्यसबेला नाकाबन्दी नहटाइन्जेलसम्म भारत गर्दिन् भनी राष्ट्रवादी छवि बनाएका ओलीले भारतसँग असहज परिस्थितिमा भ्रमण गरेका थिए ।

त्यसपछि असहज,चिसो भएको सम्बन्धलाई सुदृढ गर्न भनी यसअघि अन्यले भारतबाट नै भ्रमण सुरु गर्ने परम्पराको विरोधमा अभिव्यक्ति दिँदै आएका ओलीले भारतबाट नभएर अन्यत्रबाट नै आफ्नो भ्रमण सुरु गर्ने हुन् भन्ने आशंका पैदा भैरहेको अवस्थामा पहिलो भ्रमण भारतबाट नै गरी परम्परागत प्रधानमन्त्रीहरुको बिडो थामेर भारतबाट भ्रमण सुरु गरेकोलाई समेत महत्व दिई हेरिएको छ । प्रधानमन्त्री ओलीको यो छोटो र दुबै देशले चाहेको भ्रमण भएकोले समय सन्दर्भ र राजनीतिक परिस्थितिको आधारमा अनुकुल समयको रुपमा यो भ्रमण भएकोेले पनि यसको महत्व बढेको छ । दुबै देशबीचमा रहेका अविश्वास र चिसोपना हट्ने र नयाँ आधारमा सम्बन्ध विकसित हुने विश्वास लिइएको छ ।

भारतमा पनि मोदीले लोकसभाको निर्वाचनमा प्रतिपक्ष एक हुँदै गएकोले छिमेकीहरुसँगको सम्बन्ध र खासगरी नेपालसँगको सम्बन्ध सुधार नगरेमा यसले निर्वाचनमा समेत प्रभाव पार्न सक्ने भएकोले भारतले पनि नेपालसँगको सम्बन्धलाई सुधार गर्न चाहेको छ । यसैले गर्दा नै नयाँ सरकार नबन्दै विशेष चासो लिएर नेपालको विकसित परिस्थितिमा सहकार्य गर्न प्रस्ताव राखेको छ । यसको साथै भारतीय व्यवहारले चीनको नजिक हुँदै गएको र बीआरआई परियोजनामा सम्मेलित भएको अवस्था र ओली चीनको नजिक भएको देखाएको अवस्थामा यसलाई कमजोर पार्न र चीनतर्फ बढी नढेपिनका दिनका लागी नेपालका माओवादी सहितको वामपन्थी सरकारसँग नयाँ सिराबाट भारत सम्बन्ध बढाउन इच्छुक रहेकोले यो स्थिति दुबै पक्षको सम्बन्धलाई नयाँ आधारमा बढाउन चाहेको अवस्था र आवश्यकताले आधारित भएकोले पनि यसलाई महत्व र कामकाजी भं्रमणको रुपमा लिएको छ ।

प्रतिनीधिसभाको निर्वाचनबाट अत्याधिक बहुमतले संसदमा विजय भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनचोटी फोन वार्ता गरी बधाई दिएर भारत आउन निम्ता दिएका थिए । ओली प्रधानमन्त्रीमा नियुक्ति हुन अगावै भारतीय प्रधानमन्त्री मोदीले विदेशीमन्त्री सुष्मा स्वराजको नेतृत्वमा विशेष प्रतिनीधि पठाएर बधाई दिएका थिए । त्यसैबेला सुष्मा स्वराजले प्रधानमन्त्रीलाई मोदीको निमन्त्रणा हस्तान्तरण गरेकी थिइन् । यसै निमन्त्रणामा यही चैत्र २३ गते शुक्रबार भारतको औपचारिक तथा सद्भावना भ्रमणमा गई आइतबार नेपाल फर्किने भएका छन् । यसैबीच ओलीले पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई नेपालमा स्वागत गरेका थिए ।

नेपालको प्रधानमन्त्री खड्गप्रसाद ओलीको यही मंसिर २३ गतेदेखि २५ गतेसम्म तीन दिने भारत भ्रमणले नेपालको राजनीतिक तथा कूटनीतिक क्षेत्रलाई तरंगित गरिदिएको छ। यसअघि पहिलो भारत भ्रमणमा राष्ट्रवादीका रुपमा प्रस्तुत भएर लोकप्रिय भएका ओलीले यो भ्रमणमा आफ्नो छविलाई कायम गर्न सक्दछन् वा यो छवि गुमाएर अरु प्रधानमन्त्री जस्तै परम्परालाई मात्र धान्ने भन्ने प्रश्नलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चासोका साथ हेरिएको छ। प्रधानमन्त्री ओली अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रुपमा रहेका छन् ।उनले वामपन्थीहरुको सरकारको नेतृत्व गरेर प्रधानमन्त्री भएका छन् । यसैले गर्दा अब वामपन्थी सरकार र भारत सरकारबीच कस्तो किसिमको सम्बन्ध हुने हो, भारतले नेपालको वामपन्थी सरकारलाई कसरी व्यवहार गर्ने हो, शक्तिशाली वामपन्थी सरकारले भारतसँगको सम्बन्धलाई कसरी व्यवस्थित र सन्तुलित गर्ने हो भन्ने कुरामा पनि विभिन्न खालका आशंका उत्पन्न भएका छन् ।

नेपालमा चीनको नजिक हुँदा भारत चिडिने, भारतसँग निकट हुँदा चीन सन्तुष्ट नहुने जस्ता स्थिति रहेको छ । अहिलेको वामपन्थी सरकार स्वभाविकै रुपमा चीनको नजिक रहेको छ । भारतले गरेको नाकाबन्दीपछि चीनका निकट भएको ओलीले सम्बन्ध बढाउन दिएको अभिव्यक्तिले पनि विकसित हुने नेपालको कूटनीतिक र परराष्ट्र सम्बन्धी नीतिको कार्यान्वयन कसरी हुनेछ भन्ने कुरामा सबैलाई चनाखो र संशकित बनाएको छ।

अहिले चीनको ओबीआई परियोजनामा नेपालले हस्ताक्षर गरी सम्मेलित भैसकेको छ । चीन यो योजनाबाट नेपालको विकास र दक्षिण एसियामा नेपालमा आधार बनाएर प्रवेश गर्न चाहन्छ । यसको विरुद्धमा भारतले जापानसँग मिलेर दक्षिण एसियामा कनेक्टीभिटी परियोजना सुर गरेको छ । यसरी दुबै पक्षबाट कनेक्टीभिटीमा प्रतिस्पर्दा भैरहेको वर्तमान स्थितिमा चीन र भारतबीच डोक्लाम संघर्ष भएको केही समयपछि हुन लागेको ओलीको भ्रमणमा अत्यन्त बढी जोखिम र यसलाई सन्तुलित गर्न सकियो भने अवसरको रुपमा समेत रहेको देखिन्छ ।
यस्तै ओलीले पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई पहिलो चोटी स्वागत गरेपछि भारत शंसकित भएको छ । यस्तै ओलीले निर्वाचित हुने बित्तिकै रसुवा चीनको सीमा उपस्थित भई बोलेको कुराले पनि भारतलाई शंसकित गरेको देखिन्छ । यस्तो स्थितिमा भारतलाई विश्वासमा लिनु र सम्बन्ध सुधार गर्नु नेपालको लागी फलामको चिउरा चपाउनु जस्तै विषय हुन सक्दछ । यसको लागी सचेतता पूर्वक कुशलता देखाउँदा नै भारतसँगको गुमेको विश्वास पुर्न स्थापित हुन सक्दछ ।

ओलीका भ्रमणलाई लिएर नेपालका बुद्धिजीवि कूटनीतिक तथा राजनीतिक नेताहरुले अनेक किसिमका आशंकाहरु गरिरहेका छन् । ओलीले यो भ्रमणमा आफ्नो राष्ट्रिय स्वाभीमानप्रति पहिलो भ्रमणमा राखेको छबीलाई ढुलमिल त हुन दिँदैनन् , सत्ता स्वार्थको लागी भारतसँग कुनै किसिमको सम्झौता त गर्दैनन् भन्ने आशंका समेत देखा परेको छ ।भारतले पनि नेपालमा नयाँ परिवर्तन हुँदा कुनै न कुनै नयाँ कुरा लिएको र नेपालमाथि प्रभुत्व गराउने काम गरेको देखिन्छ । २००७ सालको परिवर्तनमा भारतले नेपालमाथि एक किसिमले उपनिवेश गर्ने काम गर्यो । पञ्चायत सुरु गर्दा कालापानी लगायतको भूभागमा कब्जा गर्यो । यस्तै बहुदलीय व्यवस्था सुरु हुँदा महाकाली खायो, अन्य स्रोतहरु खाने दाउमा लागेको छ भने नयाँ संविधन बन्न लाग्दा आफ्नो अनुकुलको संविधान घोषणा गर्न चाहेको थियो, अहिले यो संविधान बनेर लागू भएको छ भने यसबेला पनि भारतले यो संविधानको कार्यान्वयनको अवस्थामा युगान्तकारी परिवर्तन र गणतन्त्रकालमा कुनै न कुनै किसिमको सुविधा हात पार्न चाहन्छ भन्ने कुरा पनि आशंका भएको छ। त्यसैले नै भारत भ्रमणमा राष्ट्रियता संरक्षण केन्द्रित हुनका लागी बुद्धिजीवि, कूटनीतिक क्षेत्रको समेत आशंका, आग्रह भएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण क्रममा दुई छिमेकी देशबीचको आपसी सद्भावना एवं विश्वास, राष्ट्रियताको संरक्षण, आर्थिक सम्पन्नता र मुलुककोे सार्वभौमसत्तामा केन्द्रित हुनुपर्ने कुरामा जोड दिएका छन् ।

कूटनीतिज्ञहरुले यो ओलीको भारत भ्रमणमा नेपाल र भारतबीचमा भएको अविश्वासलाई हटाउनका लागी विश्वास निर्माण गर्न केन्द्रित गर्नुपर्ने, नेपाली राष्ट्रियताको संरक्षण र नेपालको सार्वभौमसत्ताको संरक्षणको लागी कुरा उठाउनुपर्ने भएका छन् ।भारतीय पक्षबाट बारम्बार भएको सार्वभौमसत्तामाथिको अतिक्रमण, नेपालको प्रादेशिक अक्षिण्युणतामाथि भएको आक्रमण, भारतीय हस्तक्षेप तथा सिमा समस्याहरुबाट नेपालको सार्वभौमिकता स्वतन्त्रतामाथि हस्तक्षेप भैरहेका छन् । महाकालीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पुल र नेपाली भूमिमा बनाएको बाटो, लिपुलेक, सुस्ताक्षेत्र सबै डुबाउने बनाउने गरी नरशाहीदेखि बालमिकी नगरसम्मको बाँध, तिलाठीको समस्या, विरगञ्जको सिमास्तम्भ सारेर मिचिएको भूभागले गर्दा नेपालको सार्वभौमिकतामाथि अतिक्रमित भएकोले यसको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा यो भ्रमणको ध्यान जानुपर्दछ भन्ने सबै क्षेत्रको धारणा रहीआएको छ ।

यसरी नेपालको राष्ट्रिय संरक्षण गरेर नेपालको समृद्धिमा सहकार्यको लागी ओलीले ध्यान दिनु आवश्यक छ । अहिले भारतले बारम्बार गरेका कार्यहरुले गर्दा नेपाल र भारतबीच आशंका र अविश्वासहरु विद्यमान रहेका छन् । यसैले गर्दा दुई देशबीच विद्यमान आशंका र अविश्वासको अन्त्य गरेर सम्बन्धमा सुधार गर्नूपर्ने कुरामा पनि ध्यान दिनु आवश्यक देखिन्छ । यसो भएमा नेपाल र भारतबीचको सम्बन्ध पुर्न समुधुर हुन सक्नेछ र नेपाली जनतामा रहेको भारतीय विरोधी भावनामा समेत मलमपट्टि लाग्न सक्ने देखिन्छ । यैले भारत र नेपालबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई विश्वासमा बदल्न सक्यो भने यो ओलीको यो भ्रमणको ठूलो उपलब्धी हुन सक्नेछ । यो विश्वासको वातावरण निर्माण गर्नुका साथै खुल्ला सिमानाले उत्पन्न गरेको असुरक्षाको व्यवस्थापन हुन सक्नेछ । यसैले गर्दा २१ औँ शताब्दीमा नेपाली जनताको चेतनाको विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको परिवर्तनको अनुरुप नयाँ आधारमा दुबै देशबीचको सम्बन्ध विकसित गर्न ध्यान दिनुपर्दछ । नयाँ सोच र शैलीसँगै दुई देशबीचको सम्बन्ध सुधार र आर्थिक समृद्धिमा ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता रहेको छ ।

अहिलेको भ्रमणमा पुरानो सम्झौतालाई कार्यान्वयन गर्नेमा जोड दिने भनी कुनै नयाँ सन्धि सम्झौता नगरिने भएको छ । तर पनि नेपालले प्रधानमन्त्रीको यो भ्रमणमा नेपाललाई प्रतिवर्ष डुबाउन गर्न बनाइएको संरचनालाई भत्काउने, खुल्ला सिमानामालाई नियमण गर्ने, सिमा समस्यालाई समाधान गर्ने, कालापानी, सुस्ता र लिपुलेकका समस्यालाई सुल्झाएर नेपालको मिचिएको भूमि फिर्ता गर्ने १९५० लगायतका अपमानजनक र असमान सन्धिहरु खारेज गर्न सिग्रता दिने जस्ता कुराहरु उच्चस्तरमा गर्नुपर्दछ । नेपालले भारतमुखी वा चीनमुखी नभएर सन्तुलित रुपमा नेपालमुखि भए र सन्तुलित सम्बन्ध कायम गरी नेपालको विकासमा भारतलाई समेत सहभागी बनाउने र चीन भारत र नेपाल तीन वटै मुलुक मिलेर त्रिपक्षीय साझेदारीलाई अगाडि बढाउन सकेमा यो भ्रमण ऐतिहासिक महत्वका हुन सक्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]