आज :

दुर्घटनामा एक विद्यार्थीको मृत्यु

चितवन । रत्ननगर नगरपालिका-१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँका १४ वर्षिय वसन्त थापाको मृत्यु भएको छ ।

ना ४ च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ : ३० बजे थापालाई ठक्कर दिएको थियो । कक्षा ८ मा अध्ययनरत उनको उपचारका लागि चितवन मेडिकल कलेज पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

आफ्नो जन्मदिन परेकाले साथीहरूलाई ख्वाउन चकलेट लिन भनी बिहानको अतिरिक्त कक्षा सकेर उनी घर फर्किदै थिए ।

साइकलमा बाटो पार गर्ने क्रममा जेब्राक्रसिङमा बोलेरोले उनलाई ठक्कर दिएको थियो । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही क्रममा बोलेरोमा आगजनी गर्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि स्थानीय जनप्रतिनिधिको रोहवरमा उनीहरुलाई छाडिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal