Dabali News

भारतमा विश्वकै सबैभन्दा सस्तो ईन्टरनेट

५ चैत

काठमाडौं । भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ ।

बीबीसी रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो रहेको छ ।

मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ ।

तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन् । अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन् ।

भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो छ । तर त्यो सधैँका लागि नहुन पनि सक्छ । केहीले भन्छन्मो-बाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ ।

लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना ३-४ कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्ने गर्छन् ।

त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन् । सबैतिर वाईफाई नि : शुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन ।

सस्तो दरमा उपलब्ध गराउने ब्रिटेनसँग केही योजना त छन्, तर सबैतिर वाईफाईको उपलब्धताले एशियासँगको वास्तविक तुलना गर्न गाह्रो भएको हो ।

आफू भारत जाँदा झन्डै ६.६३ डलरमा प्रतिएमबी पाउने उनी बताउँछन्, जुन स्थानीय प्रयोगकर्ताले तिर्नेभन्दा ७० हजार गुणा बढी छ । दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन् । असीमित नि ः शुल्क कलका लागि उनी प्रत्येक महिना ३ डलरभन्दा कम तिर्छन् ।

त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन् । त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवं साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन् ।

त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ । यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो । मण्डलले सेवा लिइरहेको रिलायन्स जियोबाट हो, यो कान्छो दूरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डेटा र नि : शुल्क कल सेवा उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ ।

जियो सन् २०१६ को सेप्टेम्बरमा नि : शुल्क परीक्षण सेवासहित आक्रामक रूपमा बजारमा आएको थियो । ऊ छ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो । दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन् ।

उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ । यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ । भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ १ करोड ८० लाख छन् ।

१ अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन् । मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन् । देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नु परेको हो ।

त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो । जियोले भारतमा स्पष्ट रूपमा डेटाको मूल्यमा कमी ल्याएको छ । के बजारमा यो मूल्य कायम रहन सक्छ ? विश्लेषकहरू भन्छन्, जियोले ग्राहक तान्न र प्रतिस्पर्धी कम्पनीलाई जित्न सहुलियत दिइरहेको छ ।

जियो सञ्चालनमा आउँदा भारतमा १० वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी अस्तित्वमा रहेकोमा अहिले जम्मा ४ वटा छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]