Dabali News

पर्यटनमन्त्रीद्धारा ६ वटा ट्वीनअटर विमान किन्ने घोषणा

१६ चैत

काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजना अघि सारेका छन् ।

आफ्नो १०० दिने कार्ययोजना आज सार्वजनिक गर्दै मन्त्री अधिकारीले ३ महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने बताएका छन् ।

साथै हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।

आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सञ्चालनको विकल्पहरु अध्ययन गर्ने योजना रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सञ्चालनमा ल्याउने योजना पनि बनाइएको छ ।

डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]