आज :

राजपाद्वारा लगातार तेस्रो दिन संसद अवरुद्ध, प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आज (सोमबार) पनि संसद बैठक अवरुद्ध गरेको छ ।

टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले सभामुखको रुलिङसमेत नमानेको बताए ।
तेस्रो पटकसम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।

उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गरे भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको उनले आरोप लगाए ।

यो सँगै राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद लगातार अवरुद्ध गरेको तेस्रो पटक हो । राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal