Dabali News

नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

४ चैत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९ औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रह पनि गरे । कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उनले लगानीबाट मात्र मुलुकको समृद्धि सम्भव रहेको बताए ।

उनले लगानी सम्मेलनको तयारी भइरहेकाले नेपाल लगानी गर्न उपयुक्त मुलुक भएको पनि बताए । कार्यक्रममा लगानी कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]