आज :

मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुदमा सुदूरपश्चिम भयो च्याम्पियन

काठमाडौं । मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको छ ।

कुल ७ स्वर्ण, ७ रजत र १० कास्यपदकमध्ये तीन स्वर्णपदक जित्दै सुदूरपश्चिमले पहिलो स्थान हासिल गरेको हो ।

सुदूरपश्चिमले तीन स्वर्ण, एक रजत र तीन कास्यसहित कुल ७ पदक जितेको हो । प्रतियोगितामा प्रदेश नम्बर-१ दोस्रो भयो । एक स्वर्ण, दुई रजत र तीन कास्यसहित प्रदेश-१ ले ६ पदक पायो ।

प्रदेश नम्बर-५ एक स्वर्ण र दुई रजतपदक जित्दै तेस्रो भयो । पहिलो भएको सुदूरपश्चिमले नगद १५ लाख, दोस्रो भएको प्रदेश-१ ले ८ लाख र तेस्रो भएको प्रदेश-५ ले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रदेश नम्बर-२ र प्रदेश नम्बर-३ एक स्वर्ण र एक रजतपदकसहित संयुक्तरुपमा चौथो भए । गन्डकी प्रदेश तीन रजतपदकसहित पाँचौं हुँदा कर्णाली प्रदेश एक रजतसहित छैटौं भयो ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा गएको फागुन २९ गतेदेखि यही चैत ३ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो ।

सातओटै प्रदेशका खेलाडी, अफिसियल र प्रशिक्षक गरी झन्डै साढे ६०० को सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याडमिन्टनका महिला र पुरुषतर्फका खेल भएका थिए । फुटबल खेल भने पुरुषतर्फ मात्रै गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal