Dabali News

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो’

१५ चैत

काठमाडौँ । हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र सुन्तलीले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

४ वटा नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरिसकेकाले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाललाई क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन उनीहरुलाई जनस्तरबाट सुझाव आएको थियो ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने जनाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्ने र त्यही समितिको रोहबरमा रंगाशाला बन्ने छ ।

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले फेसबुकमा स्टाटसमा लेखेका छन् । परियोजना सरकारलाई सघाउनका निम्ति भएको भन्दै यसमा नेपाल सरकारले साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरे ।

यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन् ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’ जवाफमा  पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]