Dabali News

अर्थमन्त्रीको घरमा मेयरले लगाए डोजर, स्थानीय भन्छन् – बल्ल खाइस् (भिडियोसहित)

१५ चैत्र

धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर डोजरले भत्कायो । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहेको बेला स्थानीयले रमिता हेरिरहेका थिए ।

लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईकै अगुवाईमा मन्त्रीको घर भत्काइएको हो । अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको घरमा नगरपालिकाले डोजर हानेको हो । पहुँचकै भरमा सडक अतिक्रमण गरेर बोहराले सडक अतिक्रमण गरेर घर बनाएका थिए ।

नगरपालिकाले १५ दिने सूचना निकालेर अतिक्रमित घर उठाउन भनेको थियो । त्यसपछि फेरि ७ दिने र अन्तिममा ५ दिने सूचना निकाल्दा पनि मन्त्री बोहराले सुने नसुनेझै गर्दै आएका थिए । उल्टै मन्त्री बोहोराले आफ्नो घर कसैले हटाउन नसक्ने भन्दै आएका थिए । मेयर बजगाईले डोजर लगाउने आट गरे । हेर्दाहेर्दै मन्त्रीको घर भग्नावशेषमा परिणत भयो । मन्त्री बोहोराको घर भत्किरहँदा स्थानीय भन्दै थिए, ‘अहिलेसम्म टेरेको थिइनस्, बल्ल खाइस् ।’

बैंकिङ क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका बोहराले यसैगरी कैलालीको दर्जनभन्दा बढी ठाउँमा सडक र सार्वजनिक जग्‍गा अतिक्रमण गरेका छन् ।

लुम्की चुहा नगरपालिकालाई सुन्दर शान्त र समृद्ध बनाउने मेयर बजगाईको अभियानको क्रममा लम्कीमा मन्त्री बोहराले सडक अतिक्रमण गरेको भेटिएको थियो ।

मन्त्री बोहोराका घर यसरी भत्काइएको थियो

अर्थमन्त्रीको घरमा मेयरले डोजर लगाए । साहसिक मेयरलाई ….

अर्थमन्त्रीको घरमा मेयरले डोजर लगाए । साहसिक मेयरलाई ….

Posted by Online Dabali on Wednesday, March 28, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]