Dabali News

सौराहा सरसफाई अभियानमा पर्यटकहरु भए सहभागि

१४ चैत

चितवन । सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीले फोहर संकलनमा जुटेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित इलाका ढुंग्रेखोला आसपास विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो ।

नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इङ्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिक फोहर संकलनमा सहभागी थिए । जर्मनीबाट आएकी आनाले प्रकृतिलाई सफा राख्न र पर्यावरण जोगाउन फोहर व्यवस्थापन जरुरी रहेको भन्दै फोहर संकलन अभियानमा आफू पनि सहभागी भएको बताईन् ।

यहाँका स्थानीयवासीले विगत एक सातादेखि फोहर संकलन अभियान चलाइरहेका छन् । हालसम्म ४ ट्रयाक्टर भन्दा बढी फोहर संकलन गरेर व्यवस्थापन गरेको अभियानमा सक्रिय रहेका संरक्षणकर्मी शिरलाल परियारले बताए ।

राप्ती नदी तथा सहायक नदीका मुहान क्षेत्रबाट बगेर आएका धेरै फोहर निकुञ्जको संरक्षित्र क्षेत्रमा थुप्रिएकाले वन्यजन्तु र वासस्थानलाई समेत असर गर्ने हुँदा फोहर संकलनलाई तीव्रता दिएको बताए ।

अभियानमा काठमाडौँ बूढानीलकण्ठको भिक्टर ह्यूगो मञ्जुश्री विद्यालयका शिक्षक, स्वयंसेवी विद्यार्थी गरी २० जनाको समेत सहभागिता थियो ।

प्लाष्टिक, सिसाका बोतल, बोरा, कपडाका टुक्रा अत्यधिक रुपमा पाइएको र यस्ता फोहरले पर्यावरण वन्यजन्तुमा समेत असर पार्ने भएकाले फोहर संकलन अभियान समुदायमा आधारित भएर गरिएको छ ।

विश्वकै दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको महत्वपूर्ण वासस्थान रहेको चितवन निकुञ्ज भएर बग्ने खोलानाला किनारका अधिकांश स्थानमा मानव निर्मित फोहर अत्यधिक भए पनि संकलन अभियानलाई तीव्रता दिन नसकेको पनि उनले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]