Dabali News

आज ५ अंकले बढ्यो शेयर बजार

३० फागुन

काठमाडौं । आज पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर १ हजार १५५.५० बिन्दुमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत बढेको छ ।

कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ ।

सो उपसमूहको शेयर ०.२३ बिन्दुले घट्दा बैंकिङ ४.५९, होटल ४०.०९, विकास बैंक २२.५४, जलविद्युत ४.६७, वित्त ५.०५, निर्जीवन बीमा २२.०८, अन्य २.३, लघुवित्त २.११ र जीवन बीमा ५.३७ बिन्दुले बढेको छ ।

स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८८, युनाइटेड फाइनान्स ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.३८, सिनर्जी पावर डेभलपमेन्ट ४.९५सानिमा इक्विटी फण्डका शेयरधनीले ४.९० प्रतिशतले कमाएका छन् ।

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.१२, नेपाल हाइड्रो डेभलपर्स ४.३७, एनआइबिएल समृद्धि फण्ड ४.३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ बिन्दुले कमाएका छन् ।

कारोवारका आधारमा नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर २ करोड १० लाख ३४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १ करोड ९४ लाख ६२ हजार २८१, नेशनल लाइफ इन्स्योरेन्स १ करोड ५७ लाख ६८ हजार ८०१, माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको १ करोड ३६ लाख ६३ हजार ३२० बराबरको कारोवार भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]