Dabali News

२ वटा हवाईजहाज चार्टर गरेर जन्ती, ज्येष्ठ नागरिकलाई भ्रमण गराउने मनोकांक्षा पुरा

३० फागुन

काठमाडौं । गाडी रिजर्भ गरेर जन्ती जाने चलन त छ नै तर एक व्यक्तिले छोराको ६९ जन्तीको लागि २ वटा हवाईजहाज चार्टर गरेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका लागि जीतपुरबाट काठमाडौं आतेजातेक्रममा बुधवार प्लेन चार्टर गरिएको थियो ।

प्लेनमा सवार जन्तीमध्ये अधिकांश जेष्ठनागरिक रहेका र पहिलो पटक काठमाडौँको यात्रामा ४० जना ज्येष्ठ नागरिक रहेका थिए ।

थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म ३ वटा गाडीमा जन्ती लगेका थिए । विराटनगरबाट काठमाडौँ गएर साँझ पुन : बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको उनले बताए ।

‘ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ ।’

७५ वर्षिय दिलबहादुर पौडेलले पहिलो पटक काठमाडौँ पुग्दा निकै दङ्ग परेको बताए । जन्ती भएर दौरा सुरुवालमा ठाँटिएका पौडेलले जहाजसमेत पहिलो पटक चढेको बताए ।

जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे लगायत जनप्रतिनिधिहरू पनि थिए ।

जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य पार्टी प्यालेसमा पुग्दा अधिकांश दङ्ग देखिएका थिए । ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज पनि चढेका थिए ।

दुबैतर्फ आतेजाते चार्टर गर्दा साढे ७ लाख रुपैयाँ खर्च भएको नगेन्द्रले जानकारी दिए । अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पुरा गरेको बताए ।

उनी छोरा दिनेश र निवासी बुहारी प्रज्ञा सुवेदीसहित जहाजबाट बुधवार राति नै जीतपुर फर्किए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]