Dabali News

सुतली बम डिस्पोज, बन्दले जनजीवन प्रभावित

३० फागुन

उदयपुर । कटारी नगरपालिका ३ मा भेटिएको सुतली बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

आज (बिहीबार) बिहानै स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले कटारी ३ को देवीथानस्थित आँपको गाछीमुनि रहेको उक्त बम सुतली भएको प्रमाणित भएको छ ।

बम भएको प्रमाणित भएसँगै नेपाली सेनालाई बोलाएर डिस्पोज गराइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

बिहीबार बन्द भन्ने हल्ला चलिरहँदा फेला परेको उक्त बम बन्द सफल पार्नका लागि राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । अघिल्लो रातदेखि केही ठाउँमा विष्फोटका आवाज सुनिन थालेपछि प्रहरी सतर्कता जिल्लाभरी बढाइएको सुरक्षा स्रोतले जनाएको छ ।

मध्यरातिदेखि बिहान ३ः०० बजेभित्र सदरमुकामबाट प्रष्ट सुनिने गरी फरक फरक ठाउँमा २-३ पटक विष्फोटको आवाज सुनिएपछि सुरक्षा सतर्कता बढाइएको एसपी राईले बताए ।

सरदमुकाम बोक्सेभन्दा उत्तरपटिको जंगल आसपास र त्रियुगा नगरपालिका ५ दमौटी र सप्तरीको सीमाना आसपासको जंगलक्षेत्रमा २-३ पटक विष्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

श्रृंखलाबद्ध विष्फोट हुन थालेपछि प्रहरी टोली रातिदेखि नै परिचालन गरी सतर्कता अपनाउन थालेको उनले बताए । सरकारी निर्णयविरुद्ध गरेको बन्दाका कारण विहानदेखि उदयपुरको जनजीवन प्रभावित रहेका बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]