Dabali News

हुम्लाको ‘मदाना खौला एयरपोर्ट’ बनाएरै छाड्छौं,जनताको काम नगर्नेहरु नाङ्गिने निश्चित छः स्थानिय

काठमाडौं ।

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका स्थित खौलामा विमानस्थलको लागि प्राविधिक सर्वेक्षण सम्पन्न भएर मन्त्रि परिषदबाट स्वीकृत हुन बाँकी रहँदा स्थानिय जनता सरकार समक्ष कार्यान्वयनको लागि माग गरिरहेका छन् । हालै राजधानी स्थित संवाद डबलीमा प्रस्तावित ‘मदाना खौला विमानस्थल’ निर्माण समितिले एक छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त छलफल कार्यक्रममा पूर्वसभासद तथा नेकपा माओवादी केन्द्रका महासचिब कर्णजित बुढाथोकीको उपस्थिति थिए । सो छलफमा ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाघदल मल्ल लगायत जिल्लाका सरोकारवाला पक्षलाईसमेत निमन्त्रणा गरेका रहेछन् । ती केही व्यक्तिहरुले बारम्बार जस्तै सो छलफलमा पनि आउँछु भनेर झुक्याएर नआएको बरु उनिहरुले छलफलको लागि सुन्धाराको एक होटलमा बोलाएको आयोजकले बतायो । त्यसमा पनि केहि सिमित व्यक्तिहरुलाई ।

 

उनिहरुको बारम्बारको त्यस्तो ब्यवहारबाट अजित स्थानिय निकै आक्रोशित भए, सो गाउँपालिकाका स्थानिय चिनबहादुर परियारले आक्रोशित हुँदै भने,“विकास निमार्ण र जनतालाई सहयोग गर्लान् भनेर भोट हालियो तर सुन्धाराका महाँगा होटलमा बस्न र त्यतैबाट निर्देशित गर्नेहरुबाट हामीले कसरी के आशा गर्ने खोई ?”

कर्णजित बुढाथोकीले सांसद छक्कबहादुर लामा तथा ताँजाकोट गाउँपालिका अध्यक्ष बाघदल मल्ल लगायत सबैको साथ लिएर जान सुझाव दिए । आफु सभासद भएको समयमा सो ठाउँमा एरपोर्टको लागि निकै मेहनत गरेको र उपयुक्त ठाउँ पनि भएको बताउँदै सबै मिलेर सो काम सफल पार्न आग्रह पनि गरे । बुढाथोकीले विकास निमार्णका विषयमा राजनीति नगरेको र कसैले पनि गर्न नहुनेसमेत बताए, आफु यस कार्यमा मात्र नभएर जनताका हरेक कार्यमा अहोरत्र खट्नेसमेत प्रतिबद्धता जाहेर गर्दै उनले अगाडी भने,“कसैलाई आरोप प्रत्यारोप गरेर केहि छैन क्यविनेटले स्वीकृती दिनेवित्तिकै मदना खौला यरपोर्ट अगाडी बढ्छ ।”

केहि सहभागिले त हाम्रो जस्तो विकट जिल्लाका गाउँपालीका प्रमुखहरुलाई जिल्लाको विकास निर्माण भन्दा सुनधाराको महाँगो बसाई र रक्सिका लागि कहाँबाट रुपैयाँ आउँछ, भन्नेसम्मको गम्भिर प्रश्न गरेका छन् । सो प्रश्तावित ‘मदना खौला विमानस्थल’ निर्माण समितिका संयोजक मानबहादुर थापाले सकभर त्यस क्षेत्रका जनप्रतिनिधी तथा अन्य प्रभावशाली नेता कार्यकर्ताहरुकोसमेत सहयोगको लागि आफुहरुले अन्तिमसम्म पहल गर्ने बताए ।ताँजाकोट ५का मंगल नेपालीले जनताका प्रतिनिधि भएकाहरुले जनताको अपेक्षा भन्दा फरक गर्न थाले भोलि जनताले उनिहरुलाई नछाड्ने बताए ।

बराईका नेरेन्द्र बुढाथोकीले हिजो जस्तै जुनठाउँमा खाना पाइन्छ त्यहाँ जाउँला, जे गर्न मिल्छ गरौँला, भन्ने मान्छेहरुलाई कसैले बाँकी नछाड्ने चेतावनी दिए ।सर्केगडका ज्ञानसिं विकले सांसद, जनप्रतिनिधिहरु गम्भिर भएर लागिपर्नुपर्ने बेलामा उनिहरु नै तयार नहुनुले किन यस्तो भयोे सोच्ने बेला अएको धारणा राखे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]