Dabali News

९ सदस्यीय अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति गठन

३० फागुन

काठमाडौं । विवेकशील साझा अन्तर्राष्ट्रिय सदभाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा ९ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ ।

विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सदभाव समितिको अंगअन्तर्गत गठन गरिएको सो समितिमा इजरायलबाट राम ढुङ्गाना, डेनमार्कबाट प्रभात किरण रहेका छन् ।

बेलायतबाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दीपेन्द्र पोख्रेल, वेदप्रसाद दवाडी र कुवेतबाट दीपक उप्रेती चयन भएका हुन् ।

नवगठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रम विभिन्न देशमा गठित सद्भाव समूहका सदस्यमाझ प्रचारप्रसार गर्ने कार्य गर्नेछ भने अन्तर्राष्ट्रिय जगतमा क्रियाशील विभिन्न तह र तप्कामा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूल मर्म, भावनालाई चिनाउन राम्रो काम गर्ने लक्ष्य रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]