Dabali News

फौजदारी संहिता अनुसार बलात्कारीलाई आजीवन कारावास कार्यान्वयनमा ल्याउने प्रयास

३० फागुन

वीरगञ्ज । केही महीनायता प्रदेश नं.२ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन भएको छ ।

फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको छ ।

उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जानकारी दिँदै उनले यस्ता घटनाको अनुसन्धान चाँडो गर्न र कसुरदारलाई कानून बमोजिम सजाय दिन छलफल भई रहेको बताए ।

विगत छ महीनामा १३६ चेलीबेटी बलात्कारको सिकार भएपछि प्रदेश सरकारले यसतर्फ चासो बढाएको हो । प्रदेश प्रहरीका अनुसार १० वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारको सिकार भएका छन् ।

६८ बलात्कारको प्रयाससम्बन्धी घटनामा ७६ जनामाथि कारबाही चलाइएको छ । उक्त कानूनको प्रभावकारी कार्यान्वयन नहुनाले अपराधीको मनोबल बढ्दै गएको र कतिपय घटना गाउँघरमै मिलाउने गरेको पाइएको छ ।

जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार अहिले पनि आरोपीमध्ये ८० प्रतिशत फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]