आज :

७३७ म्याक्स मोडलका विमान नउडाउन वायुसेवा कम्पनीहरुलाई निर्देशन

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउनमा रोक लगाएको छ ।

अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीको भनाई छ ।

करिब ६ महिना अघि लायन एयरको सोही मोडलको विमान दुर्घटना भएको थियो । ६ महिनाकै अन्तरालमा एउटै मोडलका विमान उस्तै प्रकृतिबाट दुर्घटना भएपछि उक्त मोडलमा सुरक्षासम्बन्धी त्रुटी रहेको आशंका उब्जिएको थियो ।

यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले भने उक्त मोडलको विमान उडानमा रोक लगाउनुपर्ने कुनै भरपर्दो कारण नरहेको बताउँदै आएको थियो ।

बोइङ कम्पनीका अधिकारीहरुका अनुसार दुर्घटना स्थलको प्रारम्भिक अनुसन्धान र भूउपग्रहबाट संकलित विवरणका आधारमा पछिल्लो निर्णय लिइएको हो ।

अनुसन्धानका क्रममा प्राप्त केही प्रमाण इथियोपियन एयरलाइन्स र लायन एयरको विमान दुर्घटनामा साझा समस्याका रुपमा पाइएको कम्पनीले जनाएको छ ।

विश्वमा उक्त मोडलका ३७१ विमान विभिन्न वायुसेवा कम्पनीमा सञ्चालित छन् । पछिल्ला दिनमा विभिन्न मुलुकले ती मोडलका विमान उडानमा रोक लगाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal