Dabali News

सरकार र सीके राउतबीचको सम्झौताबारे विप्लवको विज्ञप्तिः समवर्गभित्रको लेनदेन र सौदाबाजी

३० फागुन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सरकार र सीके राउतबीच भएको सम्झौता मधेसी जनताको अधिकारसँग सम्बन्ध नभएको बताए । विप्लवले सीकेसँग भएको सम्झौताले मधेसी जनताले अधिकारी नपाउने, त्यस्तै सम्झौताले विखण्डनकारीको अन्त्य पनि नहुने बताएका छन् ।

“दलाल पुँजीवादी सत्ताका कारणले पैदा भएका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरू दलाल पुँजीवादी सत्ताभित्रै गरिने सम्झौताद्वारा कदापि समाधान हुँदैनन्, न त जातीय, क्षेत्रीय भिडन्त र विखण्डनबाट नै समाधान हुन्छन् । उत्पीडन, शोषण, दमनबाट श्रमिक जनताले मुक्ति केवल दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद—साम्यवादको स्थापनाबाट मात्र प्राप्त गर्न सक्छन् । हालै प्रचार गरिएको सरकार र सीके राउतबीचको कथित ११ बुँदे सम्झौता उत्पीडनमा परेका मधेसी जनता र शान्ति चाहने नेपाली जनताको चाहनासँग सम्बन्धित छैन” विज्ञप्तिमा भनिएको छ । विप्लवले यो सम्झौताले कुनै समस्याको समाधान नहुने बताए ।

फागुन २४ गते सरकार र राउतबीच भएको सम्झौता समवर्गभित्रको लेनदेन र सौदाबाजी भएको भन्दै विप्लवले विज्ञप्तिमा भनेका छन्, “सामान्यतः पुँजीवाद र दलाल पुँजीवादी सत्ता स्वीकार्दै वा मान्दै गरिने आपसी विवाद, सङ्घर्ष, फासिवाद र विखण्डन साथै उनीहरूबीच हुने सम्झौता पुजीवादकै बहुअनुहार हुन् । समवर्गभित्रको लेनदेन र सौदाबाजी हुन् । त्यहाँ न देश र जनताको विषय हुन्छ, न ती विषयप्रति नै उनीहरू इमानदार हुन्छन्, न त उनीहरूले फलाक्ने कथित सम्झौताहरूबाट शान्ति नै स्थापना हुन्छ ।” उनले सम्झौता गरेर जनतालाई केवल जनतालाई भ्रमित गर्ने र आफ्नो वर्गस्वार्थ पूरा गर्ने उद्देश्यले सम्झौता भएको बताएका छन् ।

सम्झौताले मधेस जनताले अधिकार नपाउने र न विखण्डनकारी प्रवृतिको अन्त्य पनि नहुने विप्लवले बताएका छन् । “यसबाट न मधेसी जनताले कुनै अधिकार पाउनेछन्, न त विखण्डनकारी प्रवृत्तिको नै अन्त्य हुनेछ । मधेसी जनताको मुक्ति र देशमा शान्ति दलाल पुँजीवादी सत्ता चलाएर वा देश टुक्र्याएर हुनेछैन । तिनको प्राप्ति नेपालबाट दलाल पुँजीवादी सत्तालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्र हुनेछ । जतिबेलासम्म दलाल पुँजीवादी सत्ता कायम हुनेछ त्यतिवेलासम्म जनतामाथि वर्गीय, जातीय, क्षेत्रीय उत्पीडन कायम हुनेछ भने त्यसबाट अनेकौँ सङ्घर्षका स्वाभाविक र अस्वाभाविक रूपहरू उत्पन्न भइरहनेछन्” विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले देशभक्त, लोकतान्त्रिक, कम्युनिस्ट शक्तिहरू र मधेसी जनतालाई उक्त सम्झौताहरूको भ्रममा नपरी देशलाई दीर्घ शान्तिमा पु¥याउनका लागि एकीकृत जनक्रान्तिमा सहभागी बन्न अपील समेत गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]