Dabali News

भोलि नेकपाको नेपाल बन्द, पूर्वसन्ध्यामा देशभर मशाल जुलुस

२९ फागुन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि (फागुन ३० गते) नेपाल बन्दसहित आम हडताल घोषणा गरेको छ ।

नेपाल सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका छ । पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

विप्लवले चरणबद्ध संघर्षका कार्यक्रमसहित नेपाल बन्दको आह्वान गरेका थिए । जसअनुसार नेपाल बन्द सफल पार्न फागुन २५-२६ प्रचारप्रसार, फागुन २७ कोणसभा, फगुन २८  फागुन २९ मशालजुलुससहित भोलिको लागि नेपाल बन्दको आह्वान गरिएको थियो ।
यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले देशभर मशाल जुलुस निकालेका छन् । बुधबार साँझ नेपाल बन्दको प्रचारप्रसारको लागि नेकपाका कार्यकर्ता र समर्थकहरुले सशाल जुलुस निकालेका थिए ।

प्रहरीले प्रतिबन्ध लगाएपनि मशाल नेकपाका कार्यकर्ताहरुले मशाल जुलुस निकालेका थिए ।

काठमाडौँको गोङगबुलगायतका विभिन्न स्थान, झापाको सदरमुकाम बिर्तामोड, विराटनगर, धरान, धनकुटा, उदयपुर, सुनसरीको इटहरी, मकवानपुर, काभ्रे, सिन्धुली, रामेछाप, चितवन, कास्की, गोरखा तनहु, धादिङका विभिन्न ठाउँमा पनि मशाल जुलुुस निकालिएको छ । यस्तै रुपन्देहीका विभिन्न स्थान, अर्घाखाँची, नवलपरासी, गुल्मी, कपीलवस्तु, नवलपरासी, दाङ, प्युठान, रोल्पा, रुकुम, कैलाली, कन्चनपुर, कालीकोट लगायत सेती महाकालीका विभिन्न जिल्लाहरुमा पनि मशाल जुुलुस निकालिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]