Dabali News

सिकेले नयाँ नक्सासहित युएनपिओमा दर्ता गराए मधेशलाई (भिडियो सार्वजनिक)

२९ फागुन

काठमाडौं । सिके राउतले मधेशलाई यूएनपीओमा दर्ता गराएका छन् । मधेश २६ औं सदस्यका रुपमा दर्ता भएको छ ।

मधेशलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको हो । उक्त आधार तयार गर्ने क्रममा राउतलाई पश्चिमा राष्ट्रहरुले पूर्ण रुपमा सहयोग गरेको भेटिएको छ ।

उनले अमेरिकी एजेन्टको सहयोगमा नेपालको तराई भागलाई मधेस नामाकरण गरी यूएनपीओमा दर्ता गराएका हुन् ।

सीके राउतका प्रतिनिधि रवीन्द्रकुमार यादवले तराई क्षेत्र नेपालको दक्षिणी भागमा अवस्थित रहेको बताएका छन् । नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भूभाग तराईले आगटेको उनले त्यो सभालाई जानकारी गराए ।

साथै उनले मधेशी नागरिकलाई नेपाली सेनामा पूर्णरुपमा बन्देज गराइएको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘मधेशविरोधी गतिविधि गरेको भन्दै रवनकुमार यादवलाई प्रहरीले पक्राउ गर्यो ।

जेलमा प्रहरीले उनलाई चरम यातना दियो र उनको ज्यान गयो । नेपाल प्रहरीले उनलाई ७ अक्टोबर २०१८ मा पक्राउ गरेको थियो ।

 

भक्ते हरु अझै जयजयकार गर,मधेसको मुद्दा संयुक्त रास्ट्रसंघमा दर्ता गराइसकेका छन,त्यहा बहस भैसकेको रहेछ। अमेरिकी बिदेश मन्त्री पम्पियो ले नेपाल को बिदेश मन्त्री लाई भेटेर अब नेपाल लाई हामी भारतको चस्मा ले हेर्दैनौ आफ्नै चस्मा ले हेर्छौ भन्दा वाह क्या बात भनेर उफृदैथियौ,अब घुमाएर हैन सिधा सिधा काम गर्छन। जति नै बचाउ गर तिम्रा मालिकहरुले गल्ती गरेकै छन। नक्कली रास्ट्रबाद को दम्भ ले चुनाब जिताउने काम गर्ला तर देश हार्ने छ सधै।

Prakash Neupane यांनी वर पोस्ट केले सोमवार, ११ मार्च, २०१९

 

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]