Dabali News

खेलकूद विधेयक प्रस्ताव सर्वसम्मतले स्वीकृत

२९ फागुन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तर्रा्ष्ट्रियस्तरमा पुर्याउन राष्ट्र तथा खेलक्षेत्रकोहितका लागि विधेयक ल्याइएको बताए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक २०७५ सम्बन्धी समितिका प्रतिवेदन सभामा प्रस्तुत गरे ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र भूउपयोग विधेयक, २०७५ लाई टेबुल गरे राष्ट्रियसभाको अर्को बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]