Dabali News

अवरुद्ध भेरी करिडोर सञ्चालनमा

२९ फागुन

काठमाडौं । पहिरोको कारण दुई साता अघिदेखि अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।

डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्गो-तामकोट खण्डमा खसेको पहिरो हटाएपछि २ सातापछि खुलेको हो ।

सडक खुलाउनका लागि त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो । सडक खुलेपछि यातायातका साधनहरु संचालनमा आउनुका साथै निर्माण सामाग्री र दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका ५ का स्थानीयले बताएका छन् ।

यसअघि खदाङ् देखि रुकुम पश्चिममा पर्ने गोतामकोटसम्म सिधा जीपसेवा सञ्चालन हुने भएता पनि सडक अवरुद्ध भएका कारण गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]