आज :

राजपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, टीकापुर घटनाको बास्तविकता नआउँदासम्म जनतामा भ्रम रहिरहने

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

टिकापुर घटनाका सम्बन्धमा गिरिशचन्द्र लाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै राजपा सांसद राजकिशोर यादवले टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

सभामुखको रुलिङपछि गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नरहेको भन्दै उनले टीकापुर घटनाको बास्तविकता सामु नआउँदा जनतामा भ्रम रहिरहने बताए ।

१० मिनेटका लागि स्थगित गरिएको संसद पुन : सुचारु गर्ने विषयमा छलफल भइरहेको छ । यसअघिको बैठकमा राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले प्रतिनिधिसभाको बैठकमा टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक नगरे अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

त्यसलगत्तै सभामुख कृष्णबहादुर महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal