आज :

बेलायती प्रधानमन्त्रीले ल्याएको संशोधित मस्यौदा संसदको बहुमतले पुन : अस्विकृत

काठमाडौं । बेलायती संसदले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई पुन : अस्वीकार गरेको छ ।

प्रधानमन्त्री मे ले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा संसदले अस्वीकृत गरेको हो ।

यसपछि संशोधन गरेर ल्याएको मस्यौदालाई संसदले पुन : अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री मेलाई अप्ठेरो परेको छ । प्रधानमन्त्री म ले प्रस्ताव गरेको मस्यौदामा संसदको बहुमतले अस्वीकृत गरेकोे हो ।

मस्यौदाको प्रस्तावमा २ सय ४२ मत परेको थियो भने विपक्षमा ३ सय ९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

युरोपेली संघका नेताहरुसँग निकै लामो छलफलपछि प्रधानमन्त्री मेले आफ्नो संशोधित प्रस्ताव पारित गर्न संसदलाई आग्रह गरेकी थिइन । उनले कि त प्रस्ताव पारित गर्नुहोस कि ब्रेक्जिटलाई नै अस्वीकार गर्नुहोस भन्दै संसदमा आफ्नो प्रस्ताव पेश गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal