Dabali News

रोनाल्डोको ह्याट्रिकले युभेन्ट्स र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

२९ फागुन

काठमाडौं । म्यानचेस्टर सिटी र युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश गरेको हो ।

गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७-० गोल अन्तरले हरायोे । सिटी समग्रमा १०-२ को नतिजासहित अन्तिम ८ मा पुगेको हो ।

पहिलो लेगको खेलमा सिटीले ३-२ को अग्रता लिएको थियो । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा ईटालियन क्लब युभेन्ट्स पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३-० को जितसहित युभेन्ट्स अन्तिम ८ मा प्रवेश गरेको हो । युभेन्टस् समग्रमा ३-२ को नतिजा निकाल्न सफल भएको छ ।

खेलको २७ औं, ४९ औं र ८६ औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ को यात्रा तय गरेको हो । पहिलो लेगमा लिएको अग्रतालाई जोगाउन नसक्दा एट्लेटिको मड्रिड प्रि क्वाटरफाइनलबाट बाहिरिन बाध्य भएको थियो ।

घरेलु मैदानमा पहिलो लेगमा २-० को अग्रता लिएर नक आउट चरण पार गर्न नसक्ने एट्लेटिको इतिहासको चौथो क्लब बनेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]