Dabali News

युवालाई कृषि पेशामा आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड

२९ फागुन


विराटनगर । प्रदेश नं.१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै सो विचार व्यक्त गरेका हुन् ।

उनले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन सोचले कार्य गरेमा मुलुकको समृद्धि कायम हुनेछ भने । प्रदेश सचिव केदार न्यौपानेले विश्वविद्यालय र विद्यालयले दिने शिक्षा सीपमूलक भएमा मात्र त्यो सार्थक हुने विश्वास व्यक्त गरे ।

कार्यदलका संयोजक डा.रुद्र सुवालले अहिले मुलुकमा भएका र आगामी २५ वर्षसम्म के-कस्तो जनशक्ति मुलुकलाई आवश्यक छ त्यस सम्बन्धमा आवश्यक सुझाव संकलन गरी प्रतिवेदन तयार गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्षमले कृषि, उद्योग, सेवा र राष्ट्रको आवश्यकतााको आधारमा जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]