Dabali News

तालिवान लडाकूसँगको भीडन्तमा ११ सुरक्षाकर्मी मारिए

२८ फागुन

काठमाडौं । पश्चिमी प्रान्त बादघिसमा तालिवान लडाकूसँगको भीडन्तमा ११ सुरक्षाकर्मी मारिएका छन् ।

सोमबार राति भएको भीडन्तमा दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

तालिवान लडाकूले भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिए । भीडन्तमा तालिवान लडाकू पनि ठूलो संख्यामा मारिएको फिरोजले दाबी गरेको छ ।

भीडन्तस्थल राजधानी काबुलबाट ५ सय ५५ किलोमिटर टाढा छ । बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिवान लडाकू समूहले आइतबार गरेको आक्रमणमा पनि २० भन्दा बढी सैनिक मारिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]