Dabali News

१५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

२८ फागुन

काठमाडौं । १५ करोड ४० लाख रुपैयाँको कारोबारका साथ १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ ।

यही फागुन २३ गतेदेखि सञ्चालित ५ दिने मेलाको ४ लाख ७५ हजार जनाले अवलोकन गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

मेलाको समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न देशका विभिन्न भागमा रहेका करिब ४ लाख लघु, घरेलु तथा साना उद्योगबाट मद्दत पुग्ने बताए ।

उनले भने, “हाम्रो जस्तो देशमा लघु, घरेलु तथा साना उद्योग आर्थिक विकासका संवाहकका हुन्, युवा पुस्तालाई विदेश पलायन हुनबाट जोगाउन र यस्ता उद्योगमा आकर्षित गर्नु आजको आवश्यकता हो ।”

संघका अध्यक्ष श्यामप्रसाद गिरीले देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको बजार प्रवद्र्धन गर्न मेला सफल भएको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]