Dabali News

रुस चीनसँग थप सहयोग र समन्वय विस्तारका लागि तयार

२८ फागुन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन् ।

रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरूको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन् ।

रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझ्दारीका साथ अघि बढ्न चाहेको र चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग हिजो रुसमा भएको भेटवार्तापछि उनले यस्तो धारणा राखेका हुन ।

रुस र चीनबीचका सबै साझा सहमति र समझ्दारीहरूको कार्यान्वयन भइरहेको बताउँदै भने, ‘हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको सम्वाद चाहन्छौँ र यसमार्फत थप समझ्दारीहरू विकसित हुदै जाउन भन्ने चाहन्छौँ ।’

त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि चिनफिङप्रति धन्यवाद पनि ज्ञापन गरे ।

त्यस फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्धिपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझ्दारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गरेको याङले बताए ।

त्यस फोरममा सहभागिताका क्रममा उनीहरूबीचको भेटका क्रममा २ देशको आपसी विषयका साथै देशले संयुक्त रुपमा गर्ने भनिएका उर्जा, कृषि, विज्ञान तथा प्रविधि जस्ता साझा आयोजनाको सशक्त कार्यान्वयनका बारेमा पनि कुराकानी भएको उनले जानकारी दिए ।

साथै त्यस अवसरमा आगामी वर्ष मनाउन लागिएको चीन रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी भएको जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]