Dabali News

विदेशी विकास साझेदारबाट नेपाललाई ६ महिनामा १ खर्ब सहयोग गर्ने प्रतिवद्वता

२८ फागुन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी विकास साझेदारबाट नेपाललाई १ खर्ब ११ अर्ब ६३ करोड सहयोग गर्ने प्रतिवद्धता भएको छ ।

यस वर्ष भएको सहयोग प्रतिवद्धता गएको आवको सोही अवधिको तुलनामा १७ अर्ब ४५ करोडले बढी हो । गएको आवको पहिलो ६ महिनामा ९४ अर्ब १८ करोड सहयोग गर्ने प्रतिवद्धता दातृनिकायले गरेका थिए ।

यस वर्ष भएको प्रतिवद्धतामध्ये बहुपक्षीय दातृ निकायबाट चालु आवको पहिलो ६ महिनामा ९९ अर्ब १९ करोड सहयोग भएको छ ।

सो सहयोग प्रतिवद्धतामध्ये ७७ अर्ब ७८ करोड ऋण सहयोग हो भने २१ अर्ब ४१ करोड अनुदान हो । गएको आवको पहिलो ६ महिनामा बहुपक्षीय दातृनिकायकाबाट ९४ अर्ब १८ करोड सहयोग प्रतिवद्धता भएको थियो ।
सो प्रतिवद्धता भएको रकममध्ये ३२ अर्ब ९९ करोड ऋण सहयोग हो भने ९ अर्ब ४१ करोड अनुदान हो ।

एक पक्षीय विकास साझेदारले जम्मा १२ अर्ब ४४ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
स्वीट्जरल्याण्डले २ अर्ब रुपैयाँ अनुदान दिने प्रतिवद्धता गरेको छ । कोरियन अन्तर्राष्ट्रिय संस्था कोइकाले साढे ५ अर्ब र जापानले ४ अर्ब ९४ करोड अनुदान दिने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

गएको आवको पहिलो ६ महिनामा एकपक्षीय विकास साझेदारबाट कुल ५१ अर्ब ७८ करोड अनुदान प्राप्त भएको छ । सो अनुदानमध्ये अमेरिकी एमसीसीले ५१ अर्ब ५० करोड र जापानले २८ करोड अनुदान दिएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले गएको आवको भन्दा विकास साझेदारले सहयोग प्रतिवद्धता बढाएको बताएका छन् । कतिपय आयोजनामा खर्च गर्न नसक्दा र कतिपयमा हाम्रो आवश्यकता र विकास साझेदारको सर्तबीच म्याच नहुँदा सहयोग ल्याउन गाह्रो भएको बताइएको छ ।

पछिल्ला वर्षमा बहुपक्षीय दातृनिकायले नेपालको स्रोत परिचालन गर्ने क्षमता बढेको भन्दै अनुदान नदिने बताए पनि देश संघीयता कार्यान्वयनसँग खर्च बढ्दा एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट समेत अनुदान रकम प्राप्त भएको छ ।

दातृनिकायले सडक तथा राजमार्ग सुधार कार्यक्रमका लागि सबैभन्दा बढी रकम सहयोग गरेका छन् । सडक निर्माण तथा सुधारको लागि चालु आवको पहिलो ६ महिनामा विकास साझेदारबाट ३६ अर्ब रुपैयाँ सहयोग प्राप्त भएको छ ।

सो रकममध्ये १५ अर्ब ४२ करोड अनुदान हो भने २० अर्ब ५७ करोड ऋण सहयोग हो । प्राविधिक तथा व्यवसायीक शिक्षा र प्रशिक्षणको गुणस्तर अभिवृद्धि, विद्यालय क्षेत्र विकास कार्यक्रम लागि २४ अर्ब ५४ करोड प्रतिवद्धता भएको छ ।

सो सहयोगमध्ये १७ अर्ब २ करोड ऋण हो वाँकी ७ अर्ब ५२ करोड अनुदान हो । सहयोग रकमको आधारमा विकास साझेदारको तेस्रो प्राथमिकतामा खानेपानी तथा सरसफाई कार्यक्रम परेको छ ।

खानेपानी तथा सररफाई कार्यक्रमका लागि एसियाली विकास बैंकले १४ अर्ब ६६ करोड ऋण सहयोग गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]