Dabali News

क्रिकेट रंगाशालाको काममा सामाजिक अभियन्ताहरूसमेत श्रमदान गर्दै

२८ फागुन

चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ ।

रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् । डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणका लागि भौतिक संरचनाको काम सुरु भएकाले सामाजिक अभियन्ताहरू श्रमदाननमा जुटेका हुन् ।

पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ अभियानमा जुटेको ‘वे गुरुप’ चितवनका अभियन्ताहरुले रंगशाला निर्माणस्थल पुगेर श्रमदान गरेका छन् । नेपालकै गौरवको आयोजना भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने भावनासहित श्रमदानमा जुटेको वे गुरुपका संयोजक भोजनारायण कँडेलले जानकारी दिए ।

केही दिनअघिदेखि मजदूर बस्न र निर्माण सामग्री राख्न भौतिक संरचना निर्माणको काम भइरहेको छ । साथै क्रिकेट मैदानको क्षेत्रफलभित्र जस्ता लगाएर कम्पाउण्डिङ गर्ने काम भइहेको छ ।

डीपीआरको काम सकिएपछि शिलान्यास गर्ने र त्यसको दुई वर्षभित्र निर्माण कार्य सकाउने लक्ष्यसहित काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । करिब ३ अर्वको लागानीमा बन्न लागेको रंगाशालाका लागि हालसम्म साढे ५ करोड रूपैयाँ संकलन भइसकेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं.१५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उपलब्ध गराएको २० विगाह ६ कट्ठा क्षेत्रफलमा रंगाशाला बन्दैछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]