Dabali News

एकै ठाउँमा पर्यटक, लेकाली हावापानीमा रमाउँदै, फुलेको गुराँस हेर्दै

१२ चैत

काठमाडौँ । गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकै पटक ५० भन्दा बढी देशका पर्यटक आएका छन् ।

भारतसहित एशियाकै विभिन्न मुलुकका साथै अष्ट्रेलिया, अमेरिका र युरोपलगायत देशबाट ५ सय भन्दा बढी पर्यटक त्यहाँ पुगेका छन् ।

नेपालको इनभिजन टिम र स्प्रीचुअल रिचुअल समूहको व्यवस्थापनमा आयोजित संगीत र कलाको पर्व ‘शक्ति पिक फेस्टिभल’ का लागि ५० भन्दा बढी देशका कला र संगीतका पारखी त्यहाँ पुगेका हुन् ।

मार्च २३ देखि २७ सम्म मनाइने फेस्टिभलका लागि आएकाहरु मंगलबारे र गुफाबजारको मध्यभागमा रहेको खुला चौरमा टेण्ट टाँगेर बसेका छन् । उनीहरुका लागि खाने, बस्ने र संगीतमा रमाउने व्यवस्था गरिएको व्यवस्थापक सुरज केसीले बताए ।

उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएका बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]