Dabali News

आज शेयर बजार दोहोरो अंकले बढ्यो

२७ फागुन

काठमाडौं । आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर १ हजार १४२.९३ विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ । कूल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भएको हो ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको हो ।

यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ विन्दुले बढेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक २ करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड २ करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक १ करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत कम्पनी १ करोड ७१ लाख ५९ हजार ९५५खरीद बिक्री भई अग्रस्थानमा रहेको छ ।

स्टकका अनुसार ङादी गुरुपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेशनल हाइड्रो पावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीका शेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]