Dabali News

आगलागी घटनाको क्षतिको विवरण संकलन गर्न निर्देशन

२७ फागुन

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएका छन् ।

आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न आज विहान घटनाको स्थलगत अवलोकन गर्दै प्रमुख शाक्यले विपद व्यवस्थापन विभागलाई घटनाको सम्पूर्ण विवरणबारे आफूलाई जानकारी गराउन निर्देशन दिए ।

महानगरपालिका-२४ स्थित मख्खनटोलमा गत बिहीबार मध्याह्न १२ बजे सल्किएको आगो साँझ ७ बजे पूर्ण नियन्त्रणमा आएको थियो ।

कामपा विपद व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठलाई निर्देशन दिँदै प्रमुख शाक्यले भने,“पहिले विवरण लिनुस् अनि वडाबाट राहतका कार्यक्रम अघि बढाउनोस् ।” आगलागीबाट स्थानीयवासी रञ्जु तुलाधार, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्णरुपमा क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]