Dabali News

२ लाख ८० हजार सेवाग्राही रहेको वल्र्डलिङ्कले नि : शुल्क इन्टरनेट सेवा दिने

२७ फागुन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा नि : शुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा नि : शुल्क इन्टरनेट उपलब्ध गराउने प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी दिए ।

अहिले ३ हजार ठाउँमा नि : शुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले एक पटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट नि : शुल्क रूपमा इन्टरनेट चलाउन सक्ने छन् ।

कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्य मुख्य स्थानमा नि : शुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । अधिकांश स्थानीय तहमा इन्टरनेट पुर्याएको वल्र्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउने प्रमुख कार्यकारी निर्देशक नेपालले बताए ।

विस्तार गर्ने क्रममा वल्र्डलिङ्कले ४ महीनामा करीब १ लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेकोसमेत जानकारी गराएको छ ।

वि.सं. २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कका अहिले २ लाख ८० हजार सेवाग्राही रहेका छन् । ३ वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए ।

निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पुर्याउन क्षमतासमेत विस्तार गरिएको जानकारी गराए । उनका अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमासमेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पुर्याइने बताए ।

यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमासमेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने उनले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]