Dabali News

रमेश न्यौपानेको कविता: रारा तिमी

त्यो हिमालको काखमा
सुसेलिदै बहेलिदै
स्वर्गको आन्नद दिलाउदा
कती राम्रो देखिएकी हौ
खोल्टो परेको ठुलो भागमा
निलो पानीको तिम्रो त्यो जवानीले
कती लठ्ठै पार्छौ क्या
ए रारा तिमी

टल्लक टल्किएका सेता हिमालहरुको
न्यान्नो माया अनी उनको साथले
कती सजिएकी हौ
म तिम्रो सुन्दरता हेर्न खोज्दा
कती लजाएकी हौ
मेरा गोला आँखाहरुलाई
तिम्रा हरेक सुन्दरताले
कती जिस्काएकी हौ क्या
ए रारा तिमी

तिम्रो नाम सुन्दा
मख्खै पर्छन
फेरी फोटो देखाए भने ट्वाल पर्छन
तिमीलाई भेटन आतुर हुन्छ्न
तिमी सग रमाउने सपना बुन्न थाल्छ्न
आखिर को हौ क्या
ए रारा तिमी

उकाली ओराली
हिमाल पहाड हुँदै
तिम्रो सामु पुग्दा
थाकेको त्यो मनलाई
तिम्रा सुन्दरताका क्षणहरुले
स्वागत गर्दा
तिम्रो दिनै पिच्छेको साथी
कोहिलिले गीत गाउदा
लालिगुराउसको मिठो बास्नाले
नाकको सुगन्ध बदल्दा
मलाई कती आन्नदित
बनाएकी हौ क्या
ए रारा तिमी

घोडामा तिम्रो भ्रमण गर्दा
तिम्रो हजारौ नकली पन देख्दा
घोडा सगै तिम्रो छेउमा उभिदा
कती सुहाएकी हौ क्या
ए रारा तिमी

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]