Dabali News

विदेशिएका नारीहरुको कथामा आधारित म्युजिक भिडियो सार्वजानिक

२६ फागुन

काठमाडौं । शारदा खनालको शब्द तथा संगीतमा गायिका विष्णु माझीको स्वर रहेको गीतको म्युजिक भिडियो नारी दिवसको अवसर पारेर सार्वजानिक भएको छ ।

लाखौं नारीहरूको कथाव्यथामा आधारित गीत भिडियो सर्वसम्मन म्युजिक प्रा. लि.को प्रस्तुतिमा तयार भएको हो । कपिलवस्तुको चार नमर चितपुर होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच भिडियो सार्वजानिक गरिएको हो ।

भिडियोमा आशा खड्का, बावुराम न्यौपाने, आर्यन खड्का, समिक्षा र सिसन अधिकारीको अभिनय रहेको छ । वीरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् ।

प्रकाश क्षेत्रीले निर्देशन गरेको भिडियोमा एउटी नारीको पीडा र वेदनालाइ प्रस्तुत गरिएको छ ।

आफ्नो घरको बाध्यताको कारण विदेश गएकी नारीको कथा भिडियोले बोल्छ । गरिबीको कारणले विदेशीयको चेलीको सपना अधुरो भएर काठको बाकसमा फर्किदाको पिडा यस भिडियोमा समावेश गरिएको छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]