Dabali News

आफ्नै नेतृत्वमा जलाईएका नक्सा पुन : आफैं बाँडे

२६ फागुन

अर्घाखाँची । तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र संघर्षका क्रममा १६ वर्षअघि नष्ट भएका लालपुर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अड्गुरीका स्थानीय हर्षित भएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हुँदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन : नाप नक्सा तयार गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो ।

विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको वार्ड नंं. ७ अडगुरीमा १ हजार १ सय ७० जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्न थालेको छ । लालपुर्जा वितरण गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले पहिले आफ्नै नेतृत्वमा जलाएका नक्सा फेरि आफैंले बाँड्न पाउँदा खुसी छन् ।

कार्यक्रममा प्रदेस सांसद रामजीप्रसाद घिमिरेले लालपुर्जा बैंकमा धितो राखेर ऋण प्राप्त गर्न सकिने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]