Dabali News

रायो भायकानोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

२६ फागुन

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भायकानोलाई हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ३-१ ले विजयी भएको हो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले १-१ गोल गरे ।

ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १-० ले हराउँदा गेटाफेले हुएस्कामाथि २-१ को जित निकाल्यो ।

गएराति डेपोर्टिभो आलाभेज र आईबारले १-१ गोलको बराबरी खेलेका छन् । आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ । गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]