Dabali News

सुरक्षित सुत्केरीलाई शून्य बनाउने अभियान शुरु

२५ फागुन

काठमाडौं । घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान रोल्पाको एक वडाले थालनी गरेको छ ।

लुङ्ग्री गाउँपालिका-१ ले अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गर्ने भएको छ ।

अभियानमा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य सहायक दामोदर सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष ०७०-०७१ मा सो वडाका पाँच जनाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति गराएकोमा आर्थिक वर्ष ०७४-०७५ मा सो संख्या ८६ र चालू आवको हालसम्म ९७ पुगेको उनले जानकारी दिए ।

घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेको हो ।

अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने अपेक्षा गरेको वडाध्यक्ष मति पुनले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]