Dabali News

विदेशीको योजनामा सीकेसँग राष्ट्रघाती सम्झौता, जनमत संग्रह हुन दिँदैनौंः पुन

२५ फागुन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सरकार र सीके राउतबीच इन्डो अमेरिकी साम्राज्यवादको योजनामा सम्झौता भएको बताएका छन् । उनले विखण्डनकारी व्यक्तिलाई अदालतबाट रिहा गर्न लगाएर राष्ट्रघाती सम्झौता गरेको बताए ।
शनिबार विहान अनलाइन डबलीसँग कुरा गर्दै नेता पुनले नेपालको राष्ट्रियता कमजोर भएको बेला विदेशीकै डिनाइनमा सीकेले पृथकतावादको नारा लगाएको बताए । उनले नेपालमा चलेको समाजवादी आन्दोलनलाई विषयान्तर गर्न विदेशीकै इशारामा सम्झौता गरेको दाबी गरे ।

“हाम्रो पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद प्राप्तको आन्दोनल अगाडि बढेको छ, त्यसलाई विषयान्तर गर्न अमेरिकी र भारतीय विस्तारवादको डिजाइनमा सीकेसँग सरकारले सम्झौता गरेको हो” नेता पुनले अनलाइन डबलीसँग कुरा गर्दै भने । उनले केपी नेतृत्वको सरकारले औपचारिक रुपमा मधेस विखण्डनको एजेण्डालाई भित्र्याएको समेत बताए ।

सीके राउतसँग पार्टी एकता गर्ने तयारी भएको दाबी गर्दै नेता पुनले पार्टीभित्रै विरोध भएपछि केपी र प्रचण्ड पछि हटेको बताए । “सीकेसँग पार्टी एकता गर्ने तयारीका साथ वार्ता भएको थियो तर पार्टीभित्रैबाट विरोध भएपछि तत्काललाई रोकिएको हो । सीके सरकारी नेकपामा प्रवेश गरेजस्तै हो, अब सरकारकै संरक्षणमा विखण्डनवादी गतिविधि गर्नेछन्” पुनले भने ।

नेपालाको राजनीतिमा बाह्य हस्तक्षेप कति छ भन्ने कुरा सीकेसँग भएको सम्झौताले पुष्टि भएको पुनको धारणा छ । उनले केपी र प्रचण्डको चरित्र उदांगो भएको समेत बताउँदै भने, “सीकेसँगको सम्झौताले सरकारी नेकपाको नेतृत्वकर्ता केपी र प्रचण्डको चरित्र उदांगो भएको छ । अब उनीहरुको भित्र अनुहार कसैबाट लुक्न सक्ने अवस्था भएन ।”

सम्झौतामा घुमाउरो भाषामा जनमत संग्रहलाई स्वीकार गरिएको बताउँदै नेता पुनले त्यो कुरा सीके बताइसकेको बताए । उनले यदि सरकार जनमततिर अगाडि बढ्यो भने आफ्नो पार्टीले प्रतिवाद गर्ने बताए ।

“सीके राउतले भनेझैं जनमत संग्रहलाई घुमाउरो भाषामा स्वीकार गरेको देखिन्छ, पहिलो कुरा त मधेसलाई अलग गराउने विषयमा जनमत संग्रह गर्ने कुरा सम्भव नै छैन, जुन राष्ट्रघाती छ । यदि सरकार त्यो दिशामा अगाडि बढे प्रतिवाद गर्छौ” पुनेले भने ।

सीके राउतसँग सम्झौता कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबारे व्यक्ति गरेका शब्द आपत्तिजनक भएको बताउँदै नेता पुनले सबै भन्दा ठूलो लुटेरा राज्य संचालकहरु नै भएको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापनाको लागि राजनीतिक आन्दोलन अगाडि बढाएको भन्दै नेता पुनले भने, “हाम्रो पार्टीबारे ओलीजीले बोलेका शब्द आपत्तिजनक छन् । सबैभन्दा ठूलो लुटेर र ठग ओलीजीहरु नै हुन् ।”

अर्को प्रसंगमा कुरा गर्दै नेता पुनले राज्यलाई कर नतिर्ने एनसेलमाथि पार्टीलाई कारवाही गर्दा पूरै सरकार उसको बचाउँमा लागेको बताए । उनले सरकारले निगम पुँजिवादबाट परिचालित भएको पुष्टि गरेको बताए । सोही बहानामा सरकारले आफ्नो पार्टीमाथि दमन गरेको भन्दै आपत्ति जनाए ।

पार्टी निकट महिलाहरुले नारी दिवस मनाइँरहेको बेला सरकारले हस्तक्षेप गरेको भन्दै पुनले आपत्ति जनाए । उनले नारी दिवसलाई मासु भात खाने दिवसको मनाउने तर श्रमिक महिलाहरुले मनाउँदा प्रहरी परिचान गर्नु सरकारको असफलता भएको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]