आज :

भीम रावलले भने- तीन करोड नेपालीलाई भन्छु, सीकेसँगको भएको सम्झौता मृत्युपत्र हो (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकार र सीके राउतसँग भएको सम्झौता मृत्युपत्र भएको बताएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै सम्झौता दुई देशबीच भएको सहमति जस्तो भएको र राउतले जनमत संग्रह गर्न सरकार तयार भएको भन्ने कुरा आपत्तिजनाक भएका बताए । यदि सरकार राउतले भनेझैं जनमत संग्रह गर्न तयार भएकै हो भने सम्झौता मृत्युपत्र सरह भएको रावलले बताए ।

अन्तरवार्ताको क्रममा रावलले सीके विगतमा राष्ट्रविरोधी र पृथकतावाद गतिविधि त्याग गरेको भन्ने नभएको बताउँदै सरकारले स्वतन्त्र मधेसको मान्यता दिएर ठूलो भुल गरेको बताए । उनले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको मान्यतालाई कुनैपनि किसिमले कुण्ठित भएको र कमजोर भएको कुरालाई स्वीकारगर्न नसकिने बताए ।

नेता रावलले तीन करोड नेपालीलाई सम्बोधन गर्दै सम्झौताले नेपालीको शीर झुकेको बताए । त्यसमा सबै नेपालीले प्रश्न गर्न समेत आग्रह गरे । उनले यति गम्भीर कुरामा पार्टीमा छलफल नगरिएको बताए । अन्तिम चरणमा सचिवालयका साथीहरुलाई पनि जानकारी गराएको भन्दै बैठकमा आपत्तिजनाउँदा पनि त्यसमा कुनै परिवर्तन नगर्ने भन्ने जवाफ आएको आफूले सुनेको बताए ।

सरकारले सीके राउतसँग दुईटा सम्झौता गरिएको खुलासा भएको छ । पत्रकारलाई सामान्य भाषा प्रयोग गरिएको सम्झौता पत्र बाँडिएको छ भने भित्र अर्को सम्झौता भएको छ । नेता रावलले ११ बुँदालाई कानुनी र राजनीतिक अर्थको विषयमा कुरा गर्दै सबै नेपाली प्रश्‍न उठाउनु पर्ने बताए ।

हेर्नुहोस् अन्तरवार्ता

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal