Dabali News

कोइला को ट्रेलर सार्वजनिक

९ चैत

काठमाडौँ । चलचित्र कोइला को ट्रेलर सार्वजनिक भएको छ ।

आउँदो बैशाख २१ गते प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

मद्रासि लुक्समा देखिएका प्रज्वलको कोइला चलचित्रबाट निकै नै दर्शकको प्रशंसा आउने आकलन गरिएको छ ।

निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा निर्मित एक्सन, लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुब कोईराला, किरण थापा, बिशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी, देव नेपाल, सुरज पराजुली लगाएत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

आरोही फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता बि.जे शर्मा, प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्माको लगानीमा निर्माण भएको छ ।

चलचित्रमा नायक प्रज्वलको कथा सुदीप आत्रेयको लेखन र श्री श्रेष्ठको द्रन्द छ । ओम सुनुवार र रेखा पौडेलको संगीत, बिनोद सापकोटाको छायांकन, शंकर बि.सी र श्रृजना बरालको नृत्य निर्देशन रहेको छ । फिल्ममा समिर मियाले सम्पादन र अमन मियाले भि एफ एक्स गरेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]