आज :

नेकपाले भन्‍यो- सांसद देवकीलाई अहपरण गरेका होइनौं, समाचार झुटो (विज्ञप्तिसहित)

धनगढी । नेपाल कम्युनिस्ट पार्टीले सांसद देवकी मल्ललाई अहपरणमा आफ्नो संलग्नता नरहेको बताएको छ । उसले समाचारप्रति ध्यानाकर्ष भएको बताउँदै विज्ञप्ति निकालेर समाचारको खण्डन गरेको छ ।

नेकपाका सेती ब्यूरो इन्चार्ज सिकन्दरले संचारमाध्यमहरुमा आएको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गरेर पार्टीसँग जोडेर सांसद मल्लालाई अपहरण गरेको समाचारमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज सिकन्दरले भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन् । सुदूरपश्चिम प्रदेस सभा सदस्य मल्लालाई नेकपाका कार्यकर्ताले अपहरण गरेको भन्ने समाचार आएपछि सिकन्दरले विज्ञ‍प्ति निकालेर खण्डन गरेका हुन् ।

यसैबीच मल्ल शुक्रबा साँझ प्रहरीको सम्पर्कमा आएकी छन् । उनि शुक्रबार सदमुकाम चैनपुरबाट गाउँतिर कार्यक्रमको लागि गएको बेला सम्पर्कविहीन बनेकी थिइन् ।

देवकी गाउँतिर जाँदै गर्दा बीच बाटोमा भाइसँग भेट भएको र कुराकानीको लागि केही समय केही टाढा गएको बताइएको छ । उनका सरोदर भाई भरत मल्ल नेकपाका बझाङ सेक्रेटरी हुन् । त्यस्तै बुबा धनबहादुर मल्ल नेकपाले गठन गरेको सेती महाकाली जनपरिषद् प्रमुख छन् ।

नेकपाका एक नेताका अनुसार लामो समयसम्म दुई भाइको भेट भएको थिएन, दिदी-भाइको भेट भएपछि कुराकानीको लागि गएकी थिइन् । त्यही घटनालाई लिएर संचारमाध्यमहरुले अपहरणको समाचार बनाएको हुन सक्ने नेकपाका नेताहरुको दाबी छ ।

यस्तो छ विज्ञप्ति 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal