आज :

सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी बढ्यो, स्थानीय तहका केही जनप्रतिनिधिहरु पनि संलग्न

काठमाडौं । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट तस्करी बढ्दै गएको छ ।

भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने विभिन्न सामाग्रीहरुको तस्करी बढ्दै गएको भन्सारकै कर्मचारीले स्वीकार गरेका छन् ।

सीमाना जोडिएका महेशपुर, बिष्णुपुरा, भूजहवा, गुठिप्रसौनीलगायतका नाकाबाट दुवै देशतर्फ सामानहरु तस्करी हुने गरेको छ ।

तस्करी कार्यमा सुरक्षाकर्मीकै मिलमतो हुने गरेकाले राजस्व संकलन प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । पछिल्लो पटक नेपालबाट मटर, मरिच र सुपारी भारततर्फ तस्करी हुने गरेको छ भने भारतबाट आउने लत्ता कपडा, मेसिनरी सामान र कुखुराका चल्ला तस्करी हुने गरेको छ ।

सीमा नाकाबाट दैनिक २ देखि ३ ट्रकसम्म भारततर्फ मटर तस्करी हुने गरेको बताइएको छ । वीरगन्ज र भैरहवाबाट ल्याइने मटरलाई व्यवसायीले नाकाहरुमा गोदाम बनाएर राख्ने गरेका छन् ।

सोही गोदामबाट साइकल र मोटरसाइकलमा राखेर मटर, सुपारी र मरिच भारततर्फ पठाउने गरिएको छ । तस्करी कार्यमा स्थानीय तहका केही जनप्रतिनिधिहरुको पनि संलग्नता रहेको बताइएके छ ।

सीमा नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा चौकी, पोष्ट र विभिन्न स्थानमा चेक पोष्टहरु राखिएको र दुवै सुरक्षा निकायले सवारीसाधन र पैदल गस्ती परिचालन गरेको जनाएका छन् । तर तस्करी कार्यमा भने कमी आउन सकेको छैन ।

पछिल्लो पटक नाकाहरुमा मटर तस्करी बढेको गुनासो आएपछि निगरानी बढाइएको छ । प्रमुख नाकाभन्दा पनि सहायक र गल्लीजस्तो बाटोबाट तस्करी हुने गरेकाले त्यसतर्फ पनि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal