Dabali News

चैते धान लगाउन शुरु, उत्पादन राम्रो हुँदा कृषक आकर्षित

८ चैत

काठमाडौँ । तराईका विभिन्न जिल्लामा चैते धान लगाउन शुरु भएको छ ।

उत्पादन पर्याप्त हुने भएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका छन् । चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाईन्छ ।

चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु गरिन्छ । असार महिनामा चैते धान भित्र्याउने गरिन्छ । गतवर्ष ५ हजार हेक्टरमा चैते धान लगाउँदा २२ हजार ५ सय मेट्रिक टन उत्पादन भएको बताईन्छ ।

९० प्रतिशत भू-भागमा हर्दिनाथ एक जातको धान लगाईन्छ । अन्य भागमा चैते २, चैते ४, विआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका छन् ।

वर्षातमा थन्क्याउनु पर्दा काममा कठिन र मूल्य पाउन नसक्ने समस्या छ । मुख्यरुपमा चैते धान चिउराका लागि प्रयोग गरिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]