Dabali News

एसएबी पब्लिक स्कूलले विज्ञान तथा प्रविधि प्रदर्शनी गर्यो सम्पन्न

२३ फागुन

काठमाडौं । घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ ।

विद्यालयको विज्ञान विभागको संयोजकत्वमा सञ्चालित प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्स सम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका छन् ।

काठमाडौँ उपत्यकाका केही कलेजले पनि प्रदर्शनीमा आफ्नो परियोजनामार्फत सहभागिता जनाएका छन् ।
उक्त प्रदर्शनी काठमाडौं उपत्यकाका थुप्रै विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीद्वारा अवलोकन गरिएको स्कूलले जनाएको छ ।

कार्यक्रम अवलोकनका क्रममा माध्यमिक विद्यालयको छाता सङ्गठन हिसानका अध्यक्ष रमेश सिलवालले एसएबीले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीमा उत्पन्न हुने विज्ञानका कुतुहुल्तालाई केही हदसम्म मेटाएको विचार व्यक्त गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले २१ सौँ शताब्दी विज्ञानको युग भएकाले त्यससम्बन्धी दक्षता हाँसिल गर्न विद्यार्थी सक्षम बनून् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]